
काठमाडौं- निषेधाज्ञा खुकुलो भएसंगै कोरोना प्रोटोकल पालना नगर्दा कोरोना संक्रमितको संख्या बढ्नुका साथै मृत्युदर फेरी बढ्न थालेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रलायका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ९३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने संक्रमित निको दर एकदमै न्यून रहेको छ । पछिल्लो २४ घण्टा १ हजार ७७५ जना कोरोना संक्रमणमुक्त भएका छन् । जुन संक्रमित हुनेको संख्या भन्दा निकै कम हो ।
त्यस्तै पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट थप ४३ जनाको मृत्यु भएको छ । जुन हिजोको भन्दा बढी हो ।