८ बैशाख २०८१, शनिबार
 |   Sat Apr 20 2024
Logo

सरकार परिवर्तन भएसँगै नआउने भयो तोकिएको मितिमा मौद्रिक नीति, कहिले आउला ?



चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक हुने समय पछाडि सर्ने भएको छ । नेपाली कांग्रेस नेतृत्वमा मंगलबार गठन भएको नयाँ सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि अघिल्लो सरकारले ल्याएको बजेट संशोधन गरेर जाने निर्णय गरिसकेको छ ।

बजेट संशोधनका लागि आवश्यक प्रक्रिया शुरु भएको र बजेटले नै उल्लेख गरेको वित्तीय कार्यक्रमलाई कार्यान्वयन गर्ने मौद्रिक नीतिमा थप छलफल गरेर मात्र सार्वजनिक गरिने अर्थमन्त्री जनार्दन शर्माले बताएका छन् । उनले सम्पूर्ण क्षेत्रबाट प्राप्त सुझाव तथा मागलाई पुनः छलफल गरी मात्र मौद्रिक नीति सार्वजनिक गरिने बताएका हुन् ।

‘आर्थिक क्षेत्रका गतिविधिहरुलाई समेत चलायमान बनाउने र गत वर्षको कमजोरी कहाँ रहे र त्यसलाई कसरी समाधान गर्न सकिन्छ सचिव ज्यूहरुसँग हामी छलफल गर्दै छौँ,’ अर्थमन्त्रालयमा आयोजित पत्रकार भेटभाट कार्यक्रममा अर्थमन्त्री शर्माले भने, ‘आफ्ना कुराहरु राख्ने समग्र क्षेत्रको छलफलको एउटा चाहना छ, मौद्रिक नीति लगायतमा समावेश हुन पर्छ भन्ने सबै क्षेत्रको मागहरु छन् । ती सबै बिषयको छलफलमा हामी जुटका छौँ, त्यो छलफल पनि नै मौद्रिक नीति आउने छ । यो सबै विषयले अबको आर्थिक मार्गचित्र कस्तो होला भन्ने निर्धारण गर्ने छ ।’


प्रतिक्रिया दिनुहोस !