१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

सचिव पदका लागि ३ वरिष्ठ सहसचिवको नाम सिफारिस



काठमाडौँ । सचिव बढुवा सिफारिस समितिले रिक्त एक जना सचिव पद (विशिष्ट श्रेणी) का लागि तीन जना वरिष्ठ सहसचिवको नाम सिफारिस गरेको छ । लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा शुक्रवार (आज) सिंहदरवारमा बसेको बढुवा सिफारिस समितिको बैठकले सहसचिवहरु रामप्रसाद घिमिरे, हरी मैनाली र डिल्लीराज शर्माको नाम सिफारिस गरेको हो । घिमिरे अर्थ मन्त्रालयमा कार्यरत छन् भने मैनाली श्रम, रोजगार तथा रोजगार र शर्मा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा कार्यरत छन् । आउँदो सोमबार बस्ने मन्त्रिपरिषद् बैठकबाट सचिव बढुवाको निर्णय हुनेछ । साथै सोही दिन वरिष्ठ सहसचिव किरण राज शर्माको पनि सचिवमा बढुवा हुनेछ ।


प्रतिक्रिया दिनुहोस !