१५ चैत्र २०८०, बिहीबार
 |   Thu Mar 28 2024
Logo

संसद् सचिवालयका तीनजना कर्मचारीमा देखियो कोरोना



काठमाडौं । संसद् सचिवालयका तीनजना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार गरिएको परीक्षणमा ३ जना कर्मचारीको रिपोर्ट पोजेटिभ आएको संसद् सचिवालयले जनाएको छ ।

भोलिदेखि सुरु हुने संघीय संसद्को अधिवेशनको तयारीका क्रममा शुक्रबार सभामुख, सांसद्हरु, संसद् सचिवालयका कर्मचारी, स्वकीय सचिवालयका कर्मचारी, मर्यादापालक र पत्रकार गरी शुक्रबार ८ सय १ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो ।

तीमध्ये ३ जना कर्मचारीको रिपोर्ट पोजेटिभ देखिएको र बाँकी सबै ७ सय ९८ जनाको नेगेटिभ आएको छ ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय