१२ बैशाख २०८१, बुधबार
 |   Wed Apr 24 2024
Logo

प्रधानमन्त्री देउवाले आजै विश्वासको मत लिने



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आजै विश्वासको मत लिने तयारी गर्नुभएको छ । आज बस्ने प्रतिनिधिसभाको बैठकमा देउवाले विश्वासको मत लिने तयारी गर्नुभएको हो । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्थापना गरेको दोस्रो पटकपछि पहिलो बैठक अपरान्ह ४ बजे बस्दैछ । दुई चरणमा बस्ने बैठकमा पहिले प्रधानमन्त्री देउवाले संसदलाई जानकारी दिने र दोस्रो चरणमा विश्वासको मत लिने संसद सचिवालयले जनाएको छ । केही बेरमा बस्‍ने कार्यव्यवस्था परामर्श समितिको बैठकमा कानुन,न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विश्‍वासको मतको प्रस्ताव लैजाने तयारी गरिएको बताइएको छ ।


प्रतिक्रिया दिनुहोस !