१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

शुभ दिन परेकाले प्रधानमन्त्रीले विश्वासको मत पाउँछन् : देउवाका ज्योतिष रिजाल



काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभा बैठक आह्वान भएको पहिलो दिन नै विश्वासको मत लिन संसद सचिवालयमा प्रस्ताव दर्ता गराई सकेका छन् । प्रधानमन्त्री बनेको ६ दिनमै देउवाले आफ्ना ज्योतिष सुरेशचन्द्र रिजालको सल्लाह अनुसार आज विश्वासको मत लिने निर्णय गरेका हुन् । त्यस्तै ज्योतिष रिजालले पनि आइतबार बिहान सामाजिक सञ्जालमार्फत सत्तालाई शक्तिशाली बनाउनका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले आजै विश्वासको मत लिने तयारीमा गृहकार्य थालेको बताएका छन् ।

शक्तिको उपासना गर्दै शक्तिशाली अवस्थामै रहँदै देश र जनताका भावना पूरा गर्नका लागि २७ गतेबाट सुरु भएको गुप्त नवरात्रअन्तर्गत आज नवमी तिथि सूर्य ग्रहको बार आईतवार र तुला राशिमा चन्द्रमा भएको शुभ समय पारेर विश्वासको मत लिएर विदेशी सम्बन्ध सुदृढ पार्नका लगि आजको दिन विशेष कार्यसिद्धिको योग परेको छ । नेपालीले विश्वास गरेअनुसार नै अबको सरकारले काम गर्ने छ ज्योतिष रिजालले भनेका छन् ।

कांग्रेसका ६१, माओवादी केन्द्रका ४८, सर्वोच्चमा दायर गरिएको रिटमा हस्ताक्षर गरेका एमालेका माधव नेपाल पक्षका २२, पछिल्लो समय उपेन्द्र यादवको पक्षका १९, राजमो र स्वतन्त्र सांसद एकर एकजनागरी जना गरी देउवाको पक्षमा १५२ सांसद रहेको बताइएको छ । एमालेका झलनाथ खनालको भारतमा उपचार भइरहेकाले उनी उपस्थित हुने छैनन् ।

 


प्रतिक्रिया दिनुहोस !