१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

पार्टीले ह्विप लगाउन मिल्दैन : गौतम



काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टीले संविधान संशोधन नगर्दासम्म नभएसम्म ह्विप नलाग्ने बताएका छन् । संविधानको धारा ७६ ९५० को व्याख्याअनुसार संविधान संशोधन नगर्दासम्म ह्वीप लगाउन नमिल्ने उनको भनाइ छ । उनले भनेका छन्, ‘संविधानको धारा ७६९५० को व्याख्या हेर्ने हो भने संविधान संशोधन नगर्दासम्म कसैलाई ह्वीप लाग्दैन । कुनै पनि संविधान मान्ने पार्टी छ भने त्यो पार्टीले यहाँ ह्वीप लगायो भने गल्ती हुन्छ । यसो भन्नुको मतलब संविधान नमान्नु हो ।’

प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार संसद्मा विश्वासको मत लिन लाग्दा नेकपा एमालेले ह्विप जारी गरी सांसदहरुलाई विपक्षमा मतदान गर्न भनेको छ । यदि पक्षमा मतदान गर्नेलाई पार्टीबाट निष्कासन गर्ने निर्देशन दिइएको छ । यहीँ निर्देशनलाई उपाध्यक्ष गौतमले संविधानको धारा ७६ ९५० बमोजिम कुनै पनि पार्टीले आफ्ना सांसदहरुलाई ह्वीप लगाउन नहुने नेता गौतमले बताएका छन् । उनका अनुसार ह्वीप लगाउनुहुँदैन भन्ने सर्वोच्च अदालतको संवैधानिक इजलासको निर्णय हो । साथै, इजलासको यो निर्णय मान्नेहरू संविधान मान्ने हुन् र नमान्नेहरू संविधान विरोधी हुने उनले बताए ।


प्रतिक्रिया दिनुहोस !