१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

त्रिविले दियो २३ क्याम्पसलाई एमबीएस पढाउने स्वीकृति



काठमाडौं । त्रिभुवन विश्वविद्यालयले सम्बन्धन प्राप्त २३ क्याम्पसलाई एमबीएस पढाउन स्वीकृति दिएको छ । सामुदायिक क्याम्पसका रुपमा सञ्चालित २३ वटा क्याम्पसलाई त्रिवि व्यवस्थापन सङ्कायले एमबीएस कार्यक्रम सञ्चालन गर्न स्वीकृति दिएको हो । त्रिवि कार्यकारी परिषद्ले गत असार २८ गते यस्तो निर्णय गरेको हो ।

जसअनुसार शैक्षिक सत्र ०७८/७९ देखि एमबीएस कार्यक्रम सञ्चालन हुँदै छ । सम्बन्धन प्राप्त गर्ने क्याम्पसहरूमा उपत्यकाबाहिर २१ र काठमाडौँका दुई वटा कलेज रहेको त्रिविद्वारा जारी सूचनामा उल्लेख छ। स्वीकृति पाएको क्याम्पसले कार्यक्रम सम्बन्धन शुल्क बुझाएको बैङ्क भौचरसहित यही साउन १० गतेभित्र डीनको कार्यालयमा निवेदन पेस गर्नुपर्नेछ। सम्बन्धन प्राप्त काठमाडौँ उपत्यकाभित्रका क्याम्पसले पाँच लाख र उपत्यका बाहिरकाले दुई लाख ५० हजार रुपैयाँ सम्बन्धन शुल्क बुझाउनुपर्ने छ ।


प्रतिक्रिया दिनुहोस !