८ बैशाख २०८१, शनिबार
 |   Sat Apr 20 2024
Logo

साउनदेखि ५ र ७.५ प्रतिशत पुँजीगत लाभकर लागु, लगानीकर्तालाई ‘मेरो सेयर’ एप अपडेट गर्न आग्रह



साउन १ गते देखि धितोपत्रको कारोबारमा दुई किसिमको पुँजीगत लाभकर लागु भएको छ।

यस सँगै एक वर्षभन्दा कम अवधिको सेयर बिक्रि गर्दा लाभ रकममा ७.५ प्रतिशत र एक वर्ष भन्दा बढी अवधिको सेयर बिक्री गर्दा ५ प्रतिशत पुँजीगत लाभकर गणना हुने भएको हो।

२०७८ श्रावण १ गते देखि हुने सम्पूर्ण कारोबारहरूमा विक्रीकर्ताले विक्री कारोबारमा लाग्ने पुँजीगत लाभकर गणना गर्न आफ्नो स्वामित्वमा रहेको कुल धितोपत्रको भारित औसत गणना गरि सो विवरण प्रदान गर्ने विद्यमान व्यवस्थालाई परिमार्जन गरिएको छ।

अव देखि धितोपत्रको लागतको भारित औसतका साथै आफ्नो हितग्राही खातामा मौज्दात रहेको समयावधि समेत गणना गरि विक्री गरेको धितोपत्र मध्ये ३६५ दिन भन्दा बढी अवधि स्वामित्वमा रहेको धितोपत्र र सो भन्दा कम अवधि स्वामित्वमा रहेको धितोपत्रको संख्या समेत खुलाई प्रदान गर्नुपर्ने व्यवस्था गरिएको छ। सम्पूर्ण लगानीकर्ताहरूलाई सोही अनुसार गर्न सिडिएससीले आग्रह गरेको छ।

यस प्रयोजनका लागि सिडिएससिले मेरो शेयर प्रणालीमा धितोपत्रको स्वामित्वको अवधि गणना गर्ने सुविधा थप गरि यहि साउन ३ गते बेलुका ७ बजे देखि सञ्चालनमा ल्याइने भएकाले मेरो सेयरको मोवाईल एप प्रयोग गर्ने लगानीकर्ताले प्लेस्टोर मार्फत मेरो शेयर एप अपडेट गरि उक्त सेवा प्रयोग गर्न अनुरोध गरिएको छ।


प्रतिक्रिया दिनुहोस !