१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

मिटर ब्याजमा पैसा दिएर चर्को रकम असुल गर्ने गणेश उप्रेती पक्राउ, १९ करोड रुपैयाँको चेक बरामद



 मिटर ब्याजदरमा पैसा लगाएर चर्को रकम असुल गर्ने गणेश उप्रेती पक्राउ परेका छन्। प्रहरी प्रधान कार्यालय केन्द्रिय अनुसन्धान ब्युरोले उप्रेतीलाई साउन १ मा प्रक्राउ गरेको हो।

उप्रेतीले विभिन्न व्यक्तिहरुलाई रकम दिइ अग्रीम चेक लिने गरेका थिए। उनले प्रकाश कार्की र हेमराज गुभाजूलाई मिटर ब्याजमा रकम लगाइ अग्रीम रुपमा चेक लिएका थिए।

उप्रेतीले कार्कीबाट ४ करोड १६ लाख र गुभाजूबाट ४ करोड १४ लाख रुपैंयाको चेक लिएका थिए। यो रकम समयमै भुक्तानी नभएपछि कार्की र गुभाजूलाई ज्यान मार्नेसम्मको धम्की उप्रेतीले दिँदै आएका थिए।

उप्रेतीले यसका लागी विभिन्न अपराधिक गिरोह समेत प्रयोग गरेका थिए। उप्रेतीलाई प्रहरीले साउन १ गते काठमाडौंको चाबहिलबाट पक्राउ गरेको बताएकाे छ।

उनको साथबाट विभिन्न व्यक्तिको नाममा रहेको १९ करोड ४३ लाख रुपैयाँ बराबरको चेक समेत भेटिएको छ। प्रहरीको अनुसन्धानबाट उप्रेतीले थप अन्य व्यक्तिहरुलाई समेत मिटर ब्याजमा रकम लगाएको खुल्न आएको छ। उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !