१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

ओली गुटको क्षयीकरण : ओलीका ८ सांसदको देउवालाई मतदान, माधवका ८ जना तटस्थ बसे



काठमाडौं । आइतबार राति प्रतिनिधि सभामा मतदान दिँदा ओली पक्षका ८ जना सांसदले प्रधानमन्त्री शेरबहादुर देउवाको पक्षमा मतदान गरेका छन् । त्यस्तै माधव नेपाल समुहमा रहेका ८ सांसद भने तटस्थ बसेका छन् । सर्वोच्च अदालतमा देउवाको पक्षमा हस्ताक्षर बुझाउनेमा माधव नेपाल पक्षका २३ सांसद थिए । यी मध्ये झलनाथ खनाल दिल्लीमा उपचाररत छन् । नेपाल पक्षका बाँकी २२ मध्ये माधव नेपालसहित १४ जनाले देउवाको पक्षमा मतदान गरे ।

सर्वोच्चमा हस्ताक्षर गर्नेमध्येका घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, यज्ञराज सुनुवार, दिपक भट्ट, नारायण खतिवडा, झपट रावल र सोमनाथ पाण्डेले कतैपनि मत दिएनन् । भने उता, केपी ओली पक्षका आठ सांसदले देउवाको पक्षमा मत दिए । देउवाको पक्षमा मत दिने ओली निकट सांसदहरुमा प्रेम आले, हिरा केसी, पार्वती विसंखे, कलिला खातुन, समिमा हुसेन, धनबहादुर बुढा, किसान श्रेष्ठ र विनादेवी बुढाथोकी छन् । प्रतिनिधि सभामा नेकपा एमालेका कुल १२१ सांसद रहेका छन् ।

तीमध्ये ३३ सांसद अध्यक्ष ओलीको विपक्षमा उभिएका छन् । देउवाको पक्षमा भोट हाल्ने माधव समुहका १६, ओली समुहका ८, तटस्थ ८ र झलनाथ खनालसमेत जोड्दा ३३ पुग्छ । घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, यज्ञराज सुनुवार, दिपक भट्ट, नारायण खतिवडा, झपट रावल र सोमनाथ पाण्डे तटस्थ बसे । भने माधव नेपाल, विरोध खतिवडा, जीवनराम श्रेष्ठ,कृष्णलाल महर्जन, निरादेवि जैरू, सरला यादव, कल्याणी खड्का,लक्ष्मी चौधरी, माधव नेपाल, रामकुमारी झाँक्री, भवानी प्रसाद खापुङ, पवित्रा निरौला र मुकुन्द न्यौपानेले देउवालाई मतदान गरे ।


प्रतिक्रिया दिनुहोस !