१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

प्राविधिक तर्फ चौथो र पाँचौँ तहमा २३० कर्मचारीको माग



काठमाडौं । प्रदेश नम्बर १ को लोक सेवा आयोगले प्राविधिकतर्फ चौथो र पाँचौँ तहमा दुई सय २० कर्मचारीका लागि विज्ञापन आह्वान गरेको छ । आयोगले कृषि, इन्जिनियरिङ, विविध र शिक्षा सेवामा चौथो र पाँचौँ तहमा उक्त सङ्ख्यामा कर्मचारी माग गरेको हो । कृषि सेवा चौथो तह अन्तर्गत कृषि प्रसार समूह नायब प्राविधिक सहायक पदमा खुलातर्फ २७, महिला १, नायब पशु स्वास्थ्य प्राविधिक भेटेरीनरीअन्तर्गत खुला तर्फ ३१ जना, महिलातर्फ ५ जना, नायव पशु सेवा प्राविधिक अन्तर्गत लापा एण्ड डेडे अन्तर्गत खुलातर्फ २५ जना, महिलातर्फ ३ जना, नायब प्राविधिक सहायक बाली संरक्षण खुलामा १, एग्रानोमीमा खुला १, महिला १, मत्स्य तर्फ खुलामा १ जनाको मात्रै माग गरिएको छ ।

यस्तै अमिनतर्फ सर्वे समूहमा आन्तरिक १, खुला १०, महिला १, अदिबासी जनजाति १ का लागि दरखास्त माग गरिएको छ । यसैगरी कृषि प्राविधिक सहायक पाँचौँ तह अन्तर्गत कृषि प्रसार सेवामा खुला तर्फ २८, पशु प्राविधिक सहायक भेटेरीनरी तर्फ खुला २९, ला.पो.डे.डे. खुला १८ जना, बाली संरक्षण खुला २, एग्रोनोमी पाँचौँ तह खुला ३, मत्स्य खुला ३, बागवानी १ जनाको माग भएको छ । यस्तै इन्जिनियरिङ सेवा अन्तर्गत पाँचौँ तह सर्वे खुला १, कम्प्युटर अपरेटर पाँचौँ तह विविधमा खुला १३ जनाको माग भएको छ । शिक्षा सेवा अन्तर्गत शिक्षा प्रशासन समूह प्राविधिक सहायक पाँचौँ तहका लागि २३ जनाको माग भएको छ । दरखास्त दिने अन्तिम म्याद साउन २४ गते र दोब्बर दस्तुर तिरेर साउन ३१ गते सम्म दरखास्त दिन सकिने छ ।


प्रतिक्रिया दिनुहोस !