११ बैशाख २०८१, मंगलवार
 |   Tue Apr 23 2024
Logo

माओवादीको पृष्टभूमि अपराधकर्म र कांग्रेस आफैं आक्रमण गर्ने अनि आफैं मुद्दा हाल्ने पार्टी : ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्र अपराध कर्मबाट आएको पार्टी भएको बताएका छन् । केन्द्रीय कमिटी बैठक उद्घाटन गर्दै ओलीले अहिले माओवादी शिथिल भएको बताए । ‘माओवादी शिथिल छ । नत्र ऊ पनि अपराध कर्मबाट आएको पार्टी हो,’ ओलीले भने ।

कांग्रेस पनि आफैं आक्रमण गर्ने अनि आफैं मुद्दा हाल्ने पार्टी भएको उनले आरोप लगाए । एमालेको प्रतिपक्षी भूमिकाबारे ओलीले आवश्यक परे सशक्त प्रतिवादमा उत्रन निर्देशन दिए । ‘जुझारु ढंगले सशक्त प्रतिवाद गर्न तयार हुनुपर्दछ,’ ओलीले भने ।


प्रतिक्रिया दिनुहोस !