७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

महन्थ ठाकुर र प्रधानमन्त्री देउवाबीच भेटवार्ता, रेशम चौधरी रिहा गर्ने विषयमा छलफल



काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री देउवालाई भेट्न अध्यक्ष ठाकुर बुधवार विहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् । प्रधानमन्त्रीसँगको भेटवार्तामा अध्यक्ष ठाकुरले जसपाको केन्द्रीय कार्यकारिणी समितिले उठाउदै आएको रेशम चौधरीलाई रिहाइ गर्नुपर्ने र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने विषयका बारेमा छलफल गरेका छन् । प्रधानमन्त्रीमा देउवालाई विश्वासको मत दिएको जसपा अध्यक्ष ठाकुर र प्रधानमन्त्री देउवाबीचको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।


प्रतिक्रिया दिनुहोस !