spot_img
Tuesday, July 27, 2021
spot_img

ट्रेन्डिङ :

अमरेश कुमार सिंहले पार्टी सभापति देउवालाई बुझाए राजीनामा पत्र

spot_img

काठडमाडौं । नेपाली कांग्रेसका सांसद अमरेश कुमार सिंहले पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई सांसद पदबाट राजीनामा दिएको पत्र बुझाएका छन् ।

क्रियाशील सदस्यता विवादलाई लिएर नेता सिंहले बुधबार प्रधानमन्त्री देउवालाई भेटेर राजीनामा पत्र बुझाएका हुन् । क्रियाशील सदस्यता विवादलाई लिएर कांग्रेस पार्टी कार्यालयमा सर्लाहीका नेता तथा कार्यकर्ता धर्नामा छन् । उनीहरुले पार्टी विधानविपरीत क्रियाशील सदस्यता दिएको भन्दै त्यसलाई रोक्नुपर्ने माग गरेका छन् । धर्नामा बसेकाहरुको मागमा ऐक्यवद्धता जनाउँदै सांसद सिंहले राजीनामा बुझाएका हुन् ।

समायोजनका नाममा क्रियाशील सदस्यातामा धाँधली भएको भन्दै राजीनामा बुझाएको सांसद सिंहले बताए । प्रधानमन्त्री राजीनामा पत्र बुझाउनुअघि वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्रीद्वय शशांक कोइराला र पूर्णबहादुर खड्काका साथै नेता शेखर कोइरालासँग कुराकानी भएको उनले बताए । उनले भने, ‘कांग्रेसका लागि रातदिन काम गरेका कार्यकर्तालाई पाखा लगाइएको छ । ठेकदार, ब्यापारीलाई क्रियाशील सदस्यता दिइएको छ ।’

आफ्नै पार्टीका कार्यकर्तालाई न्याय दिन नसक्ने हो भने सांसद पदमा बसेर जनताको सेवा गर्न नसक्ने भएकाले प्रनिधिसभा सदस्य पदबाट राजीनामा दिएको सर्लाही क्षेत्र नम्बर ४ बाट निर्वाचित सांसद सिंहले बताएका छन् ।

सर्लाहीमा तत्कालीन राष्ट्रिय जनता पार्टीका महासचिव जंगीलाल राय, माओवादी केन्द्रका नेता शम्भुलाल श्रेष्ठ लगायत अन्य पार्टीबाट कांग्रेस प्रवेश गरेकाहरुलाई समायोजनका नाममा ठूलो संख्यामा क्रियाशील सदस्यता दिइएको छ । लामो समयदेखि कांग्रेसमा सक्रिय नेता कार्यकर्ता अल्पमतमा पर्ने गरी क्रियाशील वितरण गरिएको भन्दै सर्लाहीका नेता कार्यकर्ता केही दिनदेखि पार्टी कार्यालय, सानेपामा धर्नामा छन् ।

क्रियाशील सदस्यता विवादलाई लिएर सानेपामा बाराका नेता कार्यकर्ता १० दिनदेखि धर्नामा छन् भने धनुषाका तीन नेता चार दिनदेखि आमरण अनसनमा छन् । कांग्रेसको महाधिवेशन नजिकिएसँगै क्रियाशील सदस्यतालाई लिएर विवाद थप पेचिलो बनेको हो ।

तर सिंहले राजिनामा क्रियाशील सदस्यताको बारेमा असन्तुष्टि पोख्दै बुझाइएको भनिएता पनि राजनीतिक जानकारहरुका अनुसार महन्त र महतोहरुले प्रधानमन्त्री देउवालाई विस्वासको मत दिए पश्चात सिंह एकदमै क्रुद्द भएको जनाइएको छ।

Leave a Reply

- Advertisment -spot_img

ताजा समाचार

कांग्रेसका क्रियाशील सदस्य साढे ८ लाख

फरार प्रतिवादीहरू धमाधम पक्राउ

युवा पलायन रोक्न सुझाव

पहुँचको भरमा ठेक्का लिँदै, अलपत्र पार्दै

spot_img

हेर्न छुटाउनु भयो कि?

%d bloggers like this: