१२ बैशाख २०८१, बुधबार
 |   Wed Apr 24 2024
Logo

प्रधानमन्त्री देउवालाई कोरोना नियन्त्रणका लागि विज्ञहरुका १८ बुँदे सुझावहरु



काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवालाई स्वास्थ्य क्षेत्रका विज्ञले योग्य र काम गर्न सक्ने नेतालाई स्वास्थ्य मन्त्रालयको चाबी दिन आग्रह गरेका छन् ।

कोभिड – १९ महामारी रोकथामका लागि पूर्वतयारी गर्न भन्दै आठजना विज्ञले देउवालाई १८ बुँदे सुझाव पत्र दिदै योग्य मन्त्री नियुक्त गर्न आग्रह गरेका छन् ।

डा. महेश मास्के, कुलचन्द्र गौतम, डा. रीता थापा, डा. बद्रीराज पाण्डे, डा. अरुण उप्रेती, डा. शिवकुमार राई, डा. छत्र अमात्य, डा. शरद वन्त, डा. अभिनव वैद्य, डा. समीर दीक्षित, डा. राजेन्द्र बिसी, डा. तीर्थ राना, डा. लोचना श्रेष्ठ, डा. विन्ज्वला श्रेष्ठ, डा. रजनी शाह र नारायण सुवेदीले हस्ताक्षर गर्दै १८ बुँदे सुझाव दिएका छन् ।

सुझावको पहिलो बुँदामा योग्य, क्षमतावान, सत्यनिष्ठा र इमान्दार छविको स्वास्थ्यमन्त्री नियुक्त गर्नुपर्ने सुझाव छ । स्वास्थ्य प्रणालीको क्षमतालाई वृद्धि गर्न समेत उनीहरुले सुझाएका छन् ।

अस्पतालको बेड, एचडीयू, आइसीयू र भेन्टिलेटरको संख्या बढाउन पनि उनीहरुले माग प्रस्तुत गरेका छन् । कोभिडको परीक्षण बढाएर, आइसोलेसन र कन्ट्याक्ट ट्रेसिङमा वृद्धि गर्न पनि सुझाव छ ।

अक्सिजन उत्पादन र आपूर्ति क्षमतामा वृद्धि गरी सहरका वडा र गाउँपालिकामा अक्सिजन बैंक स्थापना गर्न उनीहरुको माग छ । राजनीतिक वृत्त, नागरिक समाज र स्वास्थ्यकर्मीसहितको सुझाव तथा सल्लाहलाई मान्न पनि भनिएको छ ।

हेरौँ उनीहरुका माग र सुझाव-


प्रतिक्रिया दिनुहोस !