७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

खटपट सामाधान गर्न बसेको नेपाल र रावलको वार्ता सकियो



काठमाडौं । नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष डा. भीम रावल बीचको छलफल सकिएको छ । रावल निवास टोखामा भएको दुई नेताबीचको छलफल केहीबेर अघि सकिएको हो । बैठकमा नेताद्वयबीच प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने सन्दर्भ रावलले दिएको राजीनामा र पार्टीभित्रको समस्याका बारेमा छलफल भएको बुझिएको छ ।

रावलले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने सन्दर्भमा  नेपाल पक्षमा मतभेद हुँदा आइतबार प्रतिनिधिसभा पदबाट राजीनामा दिएका थिए । आज बसेको नेपाल पक्षको बैठकमा पनि रावल अनुपस्थित भएका थिए । त्यसपछि नेपाल रावल भेट्न टोखा पुगेका हुन् ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय