spot_img
Tuesday, July 27, 2021
spot_img

ट्रेन्डिङ :

कामै नगरी जेष्ठ र असार महिनाको ६ करोड तलब, भत्ता सांसदहरुको खातामा

spot_img

काठमाडौं- सांसदहरूको नाममा झण्डै ६ करोड बढी रकम निकासा भएको छ । जेठ ८ को मध्यराति प्रतिनिधिसभा विघटनसँगै २७१ सांसदको पद गुमेको थियो । दोस्रो पटक विघटित प्रतिनिधिसभा ब्युँतिएसँगै सांसद र पिएले २ महिनादेखि रोकिएको तलब एकमुष्ट पाउने भएका छन् । संघीय संसद् सचिवालयले प्रतिनिधिसभाका सदस्य र तिनका पिएलाई जेठ र असारको तलब एकमुष्ट पठाउने भएको हो।

सर्वाेच्च अदालतले असार २८ गते अपराह्न प्रतिनिधिसभा पुनःस्थापना गरिदिएसँगै अहिले संसद् सचिवालय हिसाब निकाल्न जुटेको छ । एक सांसदलाई मासिक ६४ हजार ७० रूपैयाँ पारिश्रमिक, काठमाडौंमा घर हुनेलाई आवास सुविधाबापत ९ हजार र घर नहुनेका लागि १८ हजारका दरले निकासा हुँदै आएको छ । सांसद सचिवालयले निकालेको हिसाब अनुसार जेठ महिनाको मात्र २ करोड २० लाख रुपैंया सांसदहरुले पाउनेछन् । यस्तै असार महिनाको पनि हिसाब किताब तयार भएको हो।

सांसदहरुले तलबका अलवा संसद् बैठक बसेको दिन बैठक भत्ता र ट्याक्सी भाडा तथा समितिको बैठक बसेको दिन छुट्टै भत्ता हुन्छ । प्रतिनिधिसभा पुनःस्थापना भएसँगै समितिका सभापति, प्रमुख दलका सचेतकहरूले गाडी र इन्धनको सुविधा पनि पाउनेछन् ।

यो हिसाबले सांसदहरूका लागि औसतमा झण्डै २ करोड तलबबापत मात्रै खर्च हुन्छ । यस्तै, उनीहरूका पिएको लागि झण्डै १ करोड ५ लाख हाराहारी रकम निकासा हुने संसद् सचिवालयले जनाएको छ । सांसदका पिएले अधिकृत स्केलको तलब सुविधा पाउँदै आएका छन् । यसरी सांसद तथा पिएका नाममा जेठ र असारको मासिक ३ करोडका दरले दुई महिनाको एकमुष्ट ६ करोड रकम खातामा हालिदिने भएको हो। आर्थिक वर्ष समाप्त हुने हुँदा जेठ र असारमा कामै नगरे पनि सांसद तथा पिएले दुई महिनाको तलब एकमुष्ट बुझ्नेछन् ।

Leave a Reply

- Advertisment -spot_img

ताजा समाचार

कांग्रेसका क्रियाशील सदस्य साढे ८ लाख

फरार प्रतिवादीहरू धमाधम पक्राउ

युवा पलायन रोक्न सुझाव

पहुँचको भरमा ठेक्का लिँदै, अलपत्र पार्दै

spot_img

हेर्न छुटाउनु भयो कि?

%d bloggers like this: