१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

एमाले विवाद माउसुलीको पुच्छर जस्तै हो, पुच्छर फाल्न तयार हुनुर्छ : ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको अवस्थामा पार्टी छिन्नबिन्न भएर ‘माउसुलीको पुच्छर’ जस्तो भएको र पुच्छर फाल्न पनि तयार रहनुपर्ने बताएका छन् । तीनदिनदेखि जारी पार्टीको केन्द्रीय समिति बैठकमा बुधबार बोल्दै अध्यक्ष ओलीले पार्टीभित्र उत्पन्न विवादलाई ‘माउसुलीको पुच्छर’सँग दाँज्दै पुच्छर फाल्न पनि तयार रहनुपर्ने बेला आएको बताएका हुन् ।

उनले भने, ‘माउसुलीले कहिलेकाहीँ पुच्छर फाल्दिन्छ । तर, त्यो कारण उ आत्तिदैन किनकि पुच्छर तुरुन्तै पलाउँछ । अहिले हामीले पुच्छर फाल्नु परे पनि तयार हुनु पर्ने बेला आएको छ ।’ निवर्तमान प्रधानमन्त्रीसमेत रहेका उनले असार २८ गतेको सर्वोच्च अदालतको फैसलालाई ‘प्रतिगमन’को संज्ञा दिएका छन् । उनले भने, ‘प्रतिगमनको हल्ला गर्दै गरिएको प्रतिगमन हो, अदालतको फैसला । समयमै पलाएको एजेरु उखेल्न नसक्नु हाम्रो कमजोरी रह्यो ।’


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय