१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

आज कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४३ औँ स्मृति दिवस



काठमाडौं । आज नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४३ औं स्मृति दिवस नेपालका कम्युनिष्ट पार्टीहरुले विविध कार्यक्रम आयोजना गरी मनाउँदै छन् । नेपालको वाम प्रजातान्त्रिक आन्दोलनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नु भएका पुष्पलाल पञ्चायतकालमा निर्वासनमा समेत बस्नु भएको थियो ।

रामेछापको भँगेरीमा १९८१ असार १५ गते जन्मिनु भएका पुष्पलाल श्रेष्ठको भारत प्रवास रहेकै अवस्थामा २०३५ साल साउन ७ गते निधन भएको थियो । उहाँको अस्तुलाई नेपाल ल्याएर विभिन्न स्थानमा सेलाइएको थियो । पुष्पलालले आफ्नो सम्पूर्ण जीवन अभाव, कठिनाइ र प्रवास बसाइका बीच पनि कम्युनिस्ट आन्दोलनको विकास, नेपाली समाजको सामाजिक, आर्थिक, सांस्कृतिक विषयमा मिहिन ढङ्गले अध्ययन र विश्लेषणमा खर्चिएको इतिहास छ ।

शिक्षित युवापुस्तामा मौलाएको राणा विरोधी भावना, छिमेकी मुलुकमा फैलिएको लोकतन्त्र र स्वतन्त्रताप्रतिको चाहना, अनि मुलुकभित्र सामाजिक, आर्थिक शोषण र असमानताविरुद्धका जनसङ्घर्षलाई सङ्गठित पार्दै पुष्पलालले पहिलो पटक २००५ सालमा माक्र्स र एङ्गेल्सले लेखेको कम्युनिस्ट पार्टीको घोषणापत्रलाई नेपालीमा अनुवाद गर्नुभएको थियो । घोषणापत्र अनुवादसँगै पुष्पलालले नेपाली कम्युनिस्ट पार्टीको घोषणापत्र लेखेर नेपाली राजनीतिको मिहिन ढङ्गले विश्लेषण गर्दै श्रमजीवी वर्ग, समुदाय, पिछडिएका जाति र जनताको मुक्तिको जग राख्नुभएको उपाध्यायको भनाइ छ । माक्र्सवादी दृष्टिकोणबाट नेपाली समाजको आर्थिक, सामाजिक, सांस्कृतिक एवं राजनीतिक विश्लेषण गरी गणतन्त्रको जग राख्ने दूरदर्शी नेताका रूपमा समेत पुष्पलाललाई लिइन्छ ।

वि।सं। २०१७ पुस १ गते राजा महेन्द्रद्वारा निरङ्कुश पञ्चायती व्यवस्था लादिएपछि गुमेको जनअधिकार प्राप्तिका लागि लोकतान्त्रिक र वामपन्थी शक्ति मिलेर नै निरङ्कुशतालाई परास्त गर्न सकिन्छ भन्ने संयुक्त जनआन्दोलनको अवधारणा अगाडि सार्ने दूरद्रष्टा नेता श्रेष्ठले गर्नु भएको गोगदानलाइ विर्सन सकिन्न । २००६ साल वैशाख १० गते उहाँले नेपाल कम्युनिष्ट पार्टीको स्थापना गर्नु भएको थियो ।


प्रतिक्रिया दिनुहोस !