८ बैशाख २०८१, शनिबार
 |   Sat Apr 20 2024
Logo

अवसरवादी ठाकुर समूह, देउवा सरकारमा पनि सहभागी हुन तयार



काठमाडौं । केपी ओली शर्माको सरकारका घटक जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्ष पुनः सरकारमा जान तयार देखिएको छ। प्रधानमन्त्री शेरबहादुर देउवालाई संसदमा विश्वासको मत दिएको ठाकुर पक्ष आफूहरुको माग पूरा भए गठबन्धन सरकारमा सहभागी हुन तयार भएको हो । बुधवार भएको भेटमा जसपा अध्यक्ष ठाकुरलाई प्रधानमन्त्री देउवाले सरकारमा आउन प्रस्ताव गरेको ठाकुरनिकट नेता शरतसिंह भण्डारीले बताउनुभयो । भेटमा ठाकुरले जसपाले उठाउँदै आएका माग सम्बोधन गर्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउनुभएको भण्डारीले जानकारी दिनुभयो ।

जसपाले सरकारसँग मधेस आन्दोलनका क्रममा लगाइएको झुटो मुद्दा फिर्ता गर्नुपर्ने, लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, संविधान संशोधन गर्नुपर्ने, नागरिकता विधेयक पास गर्ने तथा निलम्बित सांसद रेशम चौधरीलाई रिहा गर्नुपर्ने माग अघि सारेको छ। प्रधानमन्त्री देउवासँगको भेटपछि सरकारमा जान पार्टी सकारात्मक भएको भण्डारीले बताउनुभयो । तर मन्त्रालय बाँडफाँट र पावर सेयरिङबारे भने देउवासँग कुनै कुराकानी नभएको उहाँले जानकारी दिनुभयो ।


प्रतिक्रिया दिनुहोस !