७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

एमालेको बाँदरे जुलुसले कोरोना फैलायो : रामनारायण बिडारी



काठमाडौं । राष्ट्रियसभाका सांसद रामनारायण बिडारीले कोरोना फैलाउने काम एमालेले गरेको बताएका छन् । बिहीबार राष्ट्रियसभाको बैठकमा बोल्दै उनले सडक प्रदर्शनमार्फत एमालेले कोरोना फैलाउन खोजेको आरोप लगाएका हुन् । ‘अहिले पनि बाँदरे जुलुस, विभिन्न जुलुस गर्दै कोरोनाको रोपाइँ गर्दैछ, उसलाई मज्जा छ,’ उनले भने ।

सरकारविरुद्ध केही दिनयता नेकपा एमालेको युवा संगठनले गरेको सडक प्रदर्शनलाई लक्षित गर्दै सांसद बिडारीले यसले कोरोना फैलाउने टिप्पणी गरेका हुन् । कहिले रत्नपार्कमा, कहिले माइतीघरमा, कहिले बालुवाटारदेखि बालकोटसम्म र्याली गर्या छ,’ उनले भने, ‘कोरोनाको रोपाइँ यसरी अगाडि बढिरहेको छ ।’ सांसद बिडारीले निवर्तमान सरकार पद, आश्वासन र पैसाले चलेको टिप्पणी गरे ।


प्रतिक्रिया दिनुहोस !