१५ चैत्र २०८०, बिहीबार
 |   Thu Mar 28 2024
Logo

चीनबाट १० लाख डोज भेरोसेल खोप नेपाल आइपुग्यो



काठमाडौं । चीनबाट आज (बिहीबार) १० लाख डोज भेरोसेल खोप नेपाल आइपुगेको छ । हिजो बेइजिङ गएको नेपाल वायुसेवा निगमको जहाजले आज दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । आजै फेरि जहाज खोप लिन बेइजिङ जाने निगमले जनाएको छ । पर्सी ९ गते जाने जहाजले १० गते फेरि खोप नेपाल ल्याउने छ । यसअघि असार २५ गते आठ लाख मात्रा खोप चीनबाट ल्याइएको थियो । चीनले नेपाललाई अनुदानमा थप १६ लाख डोज खोप दिने प्रतिबद्धता जनाइसकेको छ ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय