१५ चैत्र २०८०, बिहीबार
 |   Thu Mar 28 2024
Logo

खोप खरिद गर्न एडीबीले नेपाललाई १९ अर्ब ८० करोड ऋण सहायता प्रदान गर्ने



एसियाली विकास बैंकले कोभिड-१९ खोप खरिदका लागि नेपाललाई १९ अर्ब ८० करोड रुपैयाँ ऋण प्रदान गर्ने भएको छ । एडीबीले दिने उक्त रकमले १५.९ मिलियन डोज खोप खरिद गर्न पुग्ने र ६८ लाख नागरिकलाई फाइदा पुग्ने जारी विज्ञप्तिमा जनाइएको छ ।

‘एडीबीले दिने उक्त सहयोगले नेपालमा भाइरसको संक्रमण फैलिन र नागरिकलाई जोगाउन महत्वपूर्ण भूमिका खेल्नेछ’ बैंकका अध्यक्ष मासातसुगा आसाकावाले भनेका छन् ।

खोप चाँडै खरिद गरी चाँडोभन्दा चाँडो खोप लगाउन समेत एडीबीले नेपाल सरकारलाई आग्रह गरेको छ । अर्थतन्त्रलाई लयमा फर्काउन बैंकले सहयोग गरेको समेत एडीबीले जनाएको छ ।

एसिया प्रशान्त क्षेत्रमा खोपको पहुँचका लागि एडीबीले विनियोजन गरेको ९ बिलियन डलरमध्ये बाटै नेपालले उक्त ऋण सहयोग प्राप्त गर्न लागेको हो । नेपालसहितका मुलुकलाई सघाउन सन् २०२० मा बैंकले उक्त कोष खडा गरेको थियो ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय