१५ चैत्र २०८०, बिहीबार
 |   Thu Mar 28 2024
Logo

यातायात व्यवसायीको दबाबपछि भाडा समायोजनमा लचक बन्यो प्रदेश सरकार, १० गते छलफल हुँदै



यातायात व्यवसायीको दबाबपछि बागमत प्रदेशको भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय भाडा समायोजनका लागि लचक बनेको छ ।

व्यवसायीहरूले २०६५ सालदेखि वैज्ञानिक भाडा समायोजन नभएको भन्दै सरकारलाई दबाबदिन बिहीवार काठमाडौं उपत्यकामा दबाबमूलक र्याली निकालेको थियो ।

गत असार २७ गते भौतिक भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र २९ गते यातायात व्यवस्था विभागको निर्णयबाट अन्तर प्रदेशमा वैज्ञानिक भाडादर समायोजन भएको थियो । सोही अनुसार प्रदेशभित्र सञ्चालन हुने सार्वजनिक सवारी साधनमा भाडदर लागू गर्न व्यवसायीहरूले माग गरेका हुन् ।

व्यवसायीको आन्दोलनपछि बाग्मती प्रदेशका भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रामेश्वर फुयालले १० गते छलफलका लागि बोलाएका छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले भाडा समायोजनका लागि ज्ञापनपत्रसमेत बुझाएको छ । मन्त्री फुयालले भाडा समायोजनको विषयमा प्रतिबद्धता जनाउँदै साउन १० गते आवश्यक छलफलको लागि यातायात व्यवसायीलाई बोलाएको महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिए ।

त्यस्तै बिहीबार बिहान काठमाडौंका ट्याक्सी तथा सार्वजनिक यातायातले र्याली निकालेर चक्रपथ परिक्रमा गरेका थिए । एउटै प्रदेशमा चल्ने सवारी साधनको भाडा नबढेको तथा वैज्ञानिक ढंगबाट भाडा समायोजन नभएको भन्दै व्यवसायीहरूले र्याली निकालेका हुन् ।

नेपाल राष्ट्रिय मिटर ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजका अध्यक्ष पूर्ण तामाङले भाडासँगै २० वर्ष पुगेका सवारी साधनलाई सञ्चालन गर्न नदिने भनिएकाले आन्दोलन गरेको बताए ।

‘निषेधाज्ञा भर्खरै खुलेकाले ट्याक्सी व्यवसायको क्षेत्रमा कति क्षति भयो भन्ने तथ्यांक नभए पनि सरकारको यस्तै नीति र व्यवहार रहेमा ट्याक्सी व्यवसायबाट पलायन हुनेको संख्या बढ्ने र आत्महत्या गर्नुपर्ने अवस्था आउँछ ।’

क्यापिटल नेपालसँग कुरा गर्दै उनले भने, ‘कुनै पनि सवारी साधन प्राविधिक तवरबाट सञ्चालन हुन सक्दासम्म सञ्चालन गर्न पाउनु पर्छ, २० वर्षको हदबन्दि लागू गरेको हामीलाई मान्य छैन ।’

उनकाअनुसार २० वर्षमा १४ सय दिन विभिन्न बन्दको नाममा सवारी साधन सञ्चालन हुन पाएका छैनन्  । बिहीबार ७ हजार बढी ट्याक्सी र्यालीमा सहभागी भएका थिए ।

अब पनि भाडा समायोजन नभएमा यातायात व्यवसायीको तर्फाबाट सांकेतीक चाबी बुझाउने ताथा जहाँ सवारी साधन छन् त्यहीँ रोकेर राख्ने व्यवसायीले बताएका छन्


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय