१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

होन्डाको नाममा आएको फेक लिंक नखोल्न कम्पनीको आग्रह



होन्डाको ७० औं वार्षिकोत्सवको अवसरमा उपहार दिने भनिएको लिंक सामाजिक सञ्जालमा भाइरल भइहेको छ।

यसरी आएको लिंक तथा घोषणामा कुनै सत्यता नभएको होन्डाले प्रष्ट पारेको छ।

होन्डाको नेपालस्थित आधिकारिक बितरक श्याकार ट्रेडिङले सार्वजनिक सूचना जारी गर्दै सर्वसाधारणहरुलाई त्यस्तो फेक लिंक नखोल्न आग्रह गरेको छ।

सर्वसाधारणको व्यक्तिगत सूचनासम्म पहुँच राख्‍नका लागि आएको फेक लिंक भएकाले कसैले पनि नखोल्न कम्पनीले आग्रह गरेको छ।

होन्डासँगै यमाहा पनि यस्तै फेक लिंक आइरहेका छन्। उपाहारको प्रलोभन देखाएर व्यक्तिगत सूचनामा पहुँच राख्ने गलत मनसायले यस्ता लिंक आइरहेका छन्।


प्रतिक्रिया दिनुहोस !