१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

भीम रावलले राजीनामा फिर्ता लिए



काठमाडौं । नेकपा एमाले नेता भीम रावलले प्रतिनिधिसभा सदस्यबाट दिएको राजीनामा फिर्ता लिएका छन् । एमालेका उपाध्यक्ष समेत रहेका डा. रावलले रावलले आज सभामुखलाई भेटेर राजीनामा फिर्ता लिएका हुन् । पार्टी र जनताको आग्रह मानेर राजीनामा फिर्ता लिएको रावलको भनाइ छ । यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत दिने दिन रावलले प्रतिनिधिसभा सदस्यबाट राजीना दिएका थिए ।

पार्टी एकताको लागि शेरबहादुर देउवालाई विश्वासको मत नदिन आफूले गरेको आग्रह माधव नेपालले नमानेपछि रावलले राजीनामा दिएका घोषणा गरेका रावलले पार्टी र जनताको आग्रह भन्दै आज राजिनामा फिर्ता लिएका हुन् । उनले सभामुखलाई आफ्नो कारण दुःख भएको भन्दै त्यसप्रति ‘सरी’ भनेका छन् ।


प्रतिक्रिया दिनुहोस !