१२ बैशाख २०८१, बुधबार
 |   Wed Apr 24 2024
Logo

देउवाले झ्यालमा बसेको बालकलाई गोली हान्न लगाएको सम्झना छ : नेम्बाङ



काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिँदै नेकपा एमाले दलका उपनेता सुवास नेम्बाङले देउवासँग लामो उठबस रहेको, कार्यकाल देखेको त्यस्ता हर्कत नहोस् भन्नुभयो । प्रतिनिधि सभाको शुक्रबारको बैठकमा बोल्दै उहाँले देउवाको कार्यकालमा झ्यालमा बसेका बच्चालाई गोली हानेर मारिएको स्मरण गराउँदै, विरोध जनाउन जाँदा सिंहदरबारको गेटमै प्रहरी लगाएर आक्रमण गरेको पनि आक्षेप पनि लगाए । देउवाप्रति व्यंग्यात्मक रुपमा शब्द प्रहार गर्दै नेम्बाङले देउवाको पूर्ववर्ती कार्यकाल कुनै पनि राम्रो नरहेको पनि उहाँले उल्लेख गरे ।

अघिल्लो पटक पुनर्स्थापित संसदमा सरकारले अध्यादेश पेश गर्न खोज्दा नदिएकाप्रति पनि उहाँले रोष प्रकट गर्दै आफूहरुले त्यस्तो नगरेको उल्लेख गरे । जनताले सरकारमा जाने जनादेश नदिएको बताउने देउवा अहिले प्रधानमन्त्री भएकामा बधाई दिन उपस्थित हुनु परेको भन्दै नेम्बाङले भने । ‘देउवा संसद, जनताको जनादेशबाट नभई अदालतको परमादेशबाट प्रधानमन्त्री बन्नुभएको हो ।’

अदालतको फैसलाप्रति प्रश्न उठाउँदै नेम्बाङले सर्वोच्च अदालतको फैसलाले दूरगामी असर पारेको उल्लेख गर्नुभयो । यसले शक्ति पृथक्कीकरणको सिद्धान्तमाथि नै प्रहार गरेको उहाँको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस !