१२ बैशाख २०८१, बुधबार
 |   Wed Apr 24 2024
Logo

२३८४ कर्मचारीहरुले अनिवार्य अवकाश पाउँदै



काठमाडौं : यो आर्थिक वर्षमा २३८४ कर्मचारीहरुले अनिवार्य अवकाश पाउँदैछन् । जसमध्ये सचिव मात्र १४ जना छन् । जसमध्ये ४ जना सचिव यही साउनमा घर जानेछन् । ५८ बर्ष उमेर हद लागेर साउनमा घर जान लागेका सचिवहरुमा हरिप्रसाद बस्याल,योगेन्द्रकुमार कार्की,रामशरण पुडासैनी र मुकुन्द प्रसाद पौड्याल छन् । सञ्चार सचिव बस्यालले हिजोबाट अवकाश पाएका छन्। हाल कृषि मन्त्रालयमा कार्यरत योगेन्द्र कुमार कार्की आगामी १८ साउनबाट ५८ बर्षे उमेर हद लागेर घर फर्कनेछन् भने यस्तै राजश्व सचिव रामशरण पुडासैनी २४ साउनमा घर फिर्नेछन् ।

यस्तै २६ साउनमा बाग्मति प्रदेशका प्रमुख सचिव मुकुन्द प्रसाद पौड्यालले ५८ बर्षे उमेर हद लागेर घर फर्कनेछन् । यही आर्थिक बर्षभित्रमा राजेन्द्र खनालले अवकाश पाउनेछन् । उनी अघिल्लो सातामात्र सचिवमा बढुवा भएका हुन् । दुई महिना सचिव खाएर आगामी असोज ९ गते उनी घर फिर्नेछन् । सचिव भए पछि अन्याय खेप्दै आएका केदार न्‍यौपानेले असोज १२ गते अवकाशमा जानेछन् । यस्तै बाबुराम गौतम र ईश्वर नेपाल आगामी कार्तिकमा घर जानेछन् । लामो समयदेखि अन्याय खेप्दै आएका अर्को सचिव वेगेन्द्रराज शर्माले पुस १४ गते अवकाशमा जानेछन् । उनी सचिव भए यता कहिल्यै मन्त्रालयमा खटाइएन् । अहिले राष्ट्रिय वित्त आयोगमा छन् । यस्तै अर्थ मन्त्रालयका सचिव शिशिरकुमार ढुंगानाले माघ २० गते घर जानेछन् । ऊर्जा जलस्रोत तथा सिञ्चाइ मन्त्रालयका सचिव देवेन्द्र कार्कीले २०७९ जेठ ४ गते, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा कार्यरत सचिव यामकुमारी खतिवडाले २०७९ जेठ १९ गते र लोकसेवा आयोग, काठमाडौंमा कार्यरत सचिव महेन्द्रप्रसाद गुरागाईंले २०७९ असार २२ गते अवकाश पाउनेछन् ।

यस्तै यही आर्थिक बर्ष भित्रमा ८६ नना सह सचिव अनिवार्य अवकाशको सूचीमा छन् । किताबखानाले सार्वजनिक गरेको सूची अनुसार,सहससचिव इश्वराज दाहालले अनिवार्य अवकास पाइसकेका छन् भने यस्तै परराष्ट्र मन्त्रालयका सहसचिव तारा प्रसाद पोखरेल र म संयुक्त राष्ट्रसंघका लागि नेपाल अधिराज्यको स्थायी नियोग जेनेभा, स्विजरल्याण्डमा कार्यरत मणीप्रसाद भट्टराई पनि अवकाशमा गएका छन् । किताबखानाको सूची अनुसार, सहसचिवमा ऋषिराज भण्डारी, प्रदीपकुमार मुडवरी, दिलीप कुमार सडौला, प्रकाश लम्साल, रामप्रसाद बिडारी, कृष्णप्रसाद दवाडी, विमलकुमार निर्मल, प्रमोदकुमार रिजाल, अनिलभद्र खनाल, अरुणकुमार सिंखडा, परमेश्वर पराजुली, देवीप्रसाद ज्ञवाली, गोपालप्रसाद रेग्मी, उपेन्द्र राय, कृष्णप्रसाद आचार्य, सरोजचन्द्र पण्डित, हरीराम श्रेष्ठ, सुरेन्द्र सुवेदी, नविन गिरी, श्यामकिशोर सिंह, सुर्यप्रसाद रिजाल, रमेशप्रसाद सिवाकोटी, खडानन्द गौतम अवकाश पाउनेको सूचीमा छन् ।

यस्तै प्रदीपराज कर्णेल, शिवहरी कोइराला, प्रदीपकुमार निरौला, रमेशवन्धु अर्याल, राकेशकुमार त्रिपाठी, बद्रीराज अर्याल, सुनिलकुमार दास, शंकरप्रसाद खरेल, अच्युतप्रसाद सिवाकोटी, भुवनहरी अर्याल, दमयन्ती श्रेष्ठ, जिरञ्जीवी पराजुली, ताराप्रसाद भटटराई, राजेन्द्रप्रसाद घिमिरे, ठाकुरप्रसाद सिग्देल, देवकुमार तामाङ, प्रल्हादप्रसाद सापकोटा, मधुकर राना, जनकराज दाहाल, रामेश्वर रेग्मी, तुल्सीप्रसाद थपलिया, टेकराज निरौला, मनबहादुर खड्का, चक्रपाणी शर्मा, भरतकुमार शर्मा, मधुकर प्रसाद राजभण्डारी पनि ५७ बर्षे उमेर हद लागेर घर जानेछन ।

यहि वर्ष अनिवार्य अवकाश पाउने सहसचिवमा गौलोचन, डम्बरबहादुर थापा, अर्जुनकुमार शर्मा, नारायणप्रसाद शर्मा, शिवहरी सापकोटा, इश्वरीप्रसाद बन्जाडे, विष्णुदत्त गौतम, किसनलाल भट्ट, पुष्करराज पन्त, अशोककुमार कार्की, लोकनाथ पौडेल, प्रकाशकुमार सुवेदी, निरु दाहाल, घनिन्द्रराज चिमौरिया, बासुदेव शर्मा, रामचन्द्र श्रेष्ठ, ध्रुवकुमार पोखरेल, नुरमुहम्मद खाँ, नियाज वारिस र रविनाथबाबु श्रेष्ठ छन् । यस्तै शान्ताकुमारी कँडेल, प्रमोदकुमार उपाध्याय, रामपदारथ बिच्छा, तारानाथ पौडेल, रघुनन्दन ब्याँजु, मोहनराज श्रेष्ठ, गुणराज अबस्थी, रजनी हाडा, भिमसिंह टिंकरी, तारानाथ पोख्रेल, किरणप्रसाद श्रेष्ठ, देवेश सिंह, सुदेश सुवेदी, बिरेन्द्रबहादुर चन्द पनि यसै वर्ष अवकाश पाउने सूचीमा छन् ।

source: ekarmachari


प्रतिक्रिया दिनुहोस !