६ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 18 2024
Logo

महाधिवेशन नभए कांग्रेस पार्टी नै खारेज हुन्छ : रामचन्द्र पौडेल



काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भदौका लागि तय गरिएको महाधिवेशन नभए पार्टी खारेज हुन सक्ने बताउनुभएको छ । शुक्रबार काठमाडौंमा एक कार्यक्रममा बोल्दै नेता पौडेलले भदौमा तय गरिएको महाधिवेशन हुन नसके पार्टी नै खारेज हुने खतरा रहेको बताउनुभएको हो । उहाँले तोकिएको समयमै महाधिवेशन गराउन सबै संवेदनशील भएर लाग्नु पर्ने बताउनुभयो । पौडेलले केन्द्रीय समिति र प्रदेश समितिको निर्वाचन पनि छिटो भन्दा छिटो हुनुपर्ने बताउनुभयो । नेता पौडेलले क्रियाशील सदस्यता वितरणमा देखिएको समस्या छिटो भन्द छिटो समाधान गर्नुपर्ने बताउनुभयो ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय