१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

पार्टीका ४९ जना सांसदहरुलाई नै मन्त्री चाहिएको छ, तनावमा छु : प्रचण्ड



काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ आफ्ना पार्टीका ४९ जनाले नै मन्त्री बन्न खोजेपछि आफू तनावमा परेको बताएका छन् । शनिबार बिहान नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नर बहादुर कर्मचार्यको ८ औँ स्मृति दिवस का अवसरमा पर्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले सरकार विस्तारलाई लिएर आफू चिन्तामा रहेको बताएका हुन् । आफ्नो पार्टी माओवादी केन्द्रका सबै सांसद्ले मन्त्री चाहेको बताए । “मन्त्री बन्न दवाव दिने मान्छेहरुको हुलबाट आएको छु म,” प्रचण्डले भने,“४९ जना सबैलाई मन्त्री चाहिएको छ । तर, पाउने थोरै छ ।”


प्रतिक्रिया दिनुहोस !