१२ बैशाख २०८१, बुधबार
 |   Wed Apr 24 2024
Logo

पूर्व वाणिज्यमन्त्रीसहित ७ अमेरिकीमाथि प्रतिबन्ध लगाउने चीनको निर्णय



एजेन्सी । चीनले पूर्व वाणिज्यमन्त्रीसहित सात अमेरिकी नागरिकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ । पूर्व वाणिज्यमन्त्री विल्बर रससहित सात नागरिक र केही अमेरिकी निकायमाथि प्रतिबन्ध लगाउन लागेको हो । अमेरिकी उपविदेशमन्त्री वेन्डी सेरमन चीनको भ्रमणमा निस्कनु केही दिनअघि बेइजिङले अमेरिकी नागरिक र संस्थामाथि प्रतिबन्धको निर्णय सार्वजनिक गरेको हो ।

हङकङमा गरिएको सुरक्षा दमनमा भूमिका खेलेको भन्दै अमेरिकाले यसअघि हङकङमा रहेको चिनियाँ अधिकारीलाई प्रतिबन्ध लगाइएको थियो । जवाफमा चीनले पनि प्रतिबन्धको निर्णय गरेको बीबीसीले जनाएको छ । ह्वाइट हाउसकी प्रवक्ता जेन साकीले चीनले बदलामा चालेको कदमले अमेरिका विचलित नहुने टिप्पणी गर्नुभएको छ । बिग्रँदो सम्बन्धलाई सम्बोधन गर्ने उपायबारे छलफल गर्न उपविदेश मन्त्री सेरमन चीन जान लाग्नुभएको हो ।


प्रतिक्रिया दिनुहोस !