१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

कोरोनाको खोप लगाउन अनलाइन फाराम भर्नुपर्ने, इन्टरनेट चलाउन नजान्नेले खोप नपाउने चिन्ता



काठमाडौं । काठमाडौं उपत्यकामा अबदेखि कोरोनाविरुद्धको खोप लगाउन अनलाइन फाराम भर्नुपर्ने व्यवस्था लागू गरिएको छ । स्वास्थ्य कार्यालय काठमाडौंका अनुसार १८ वर्षदेखि ५० वर्षका नागरिकहरुले अनलाइन फाराम भरेर प्राप्त गरेको दर्ता नम्बर ल्याएपछि मात्रै कोरोनाको खोप उपलब्ध हुनेछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको साउन १ गतेको पत्रअनुसार अनलाइनमार्फत कोरोना खोप लगाउने निर्णय भएको कार्यालयले जनाएको छ । साथै, १८ देखि ५० वर्षका नागरिकलाई सकेसम्म चाँडो अनलाइन आवेदन फाराम भर्न पनि कार्यालयले जनाएको छ ।

खोपका लागि आवेदन फाराम भर्न स्वास्थ्य मन्त्रालयको वेवसाइट भिजिट गर्नुपर्ने हुन्छ । सबै मानिसको इन्टरनेटमा सहज पहँचमा नभएका र इन्टरनेट चलाउन नजान्नेले खोप नपाउने चिन्ता बढेको छ । इन्टरनेटको पहँच भएकाहरु धेरैले अनलाईन फाराम भर्न नआउनेको संख्या पनि ठूलो रहेको छ । त्यस्तै कतिपय प्राविधिक समस्याले पनि अनलाईन फाराम भर्न समस्या हुने जानकारहरु बताउँछन् ।


प्रतिक्रिया दिनुहोस !