१२ बैशाख २०८१, बुधबार
 |   Wed Apr 24 2024
Logo

केपी ओली पदमुक्त हुँदा विक्षिप्त छन्, बरबराउँछन् : प्रचण्ड



काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली इतिहासमा नराम्रोसँग पछारिएको टिप्पणी गरेका छन् ।

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता नरबहादुर कर्माचार्यको आठौँ स्मृति दिवसको अवसरमा शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

“केपी ओली नराम्रोसँग इतिहासमा एकचोटि पछारिएका छन् । विक्षिप्त छन् अहिले । बरबराउँछन् । कहिले बालकोटको बार्दलीबाट बरबराउँछन्, कहिले कहाँ गएर बरबराउँछन्,” प्रचण्डले भने, “अब यो बरबराहट पनि उनको धेरै दिन रहन्छजस्तो लाग्दैन । उनकै पार्टीले उनलाई चिन्नेक्रम सुरु भइसकेको छ ।”


प्रतिक्रिया दिनुहोस !