१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

एमाले फुटाउने प्रचण्डको षड्यन्त्र असफल पार्न सांसद पदबाट राजीनामा दिए : भीम रावल



काठमाडौं : नेकपा एमालेलाई फुटाएर आफ्नो स्वार्थको रोटी सेक्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले न्वारन देखीको बल लगाइरहको एमाले उपाध्यक्ष भीम रावलले संकेत गरेका छन् । हिजो मात्रै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले रावल प्रति लक्षित गर्दै स्वार्थ र षड्यन्त्रको कारण रावल ढलको आरोप लगाएका थिए । प्रचण्डको अभिव्यक्ती प्रति आपत्ती जनाउँदै एमाले उपाध्यक्ष रावले आफू ढलेको नभई एमाले ढाल्ने षड्यन्त्रको विरुद्ध खडा भएको बताएका थिए । प्रचण्डले एमाले विभाजन गराउँन खोजेको रावलले आरोप लगाएका छन् ।

रावलले शनिबार राती विज्ञप्ति जारी गर्दै गठबन्धन सबैको आ–आफ्नो स्वार्थमा बनेको बताएका छन् । त्यस्तै माओवादी अध्यक्ष प्रचण्डले भीम रावल नपत्याउदो ढंगले ढलेको बताएका थिए । त्यसको जवाफमा रावलले कडा वक्तव्य निकाल्दै प्रचण्डले एमाले ढाल्न खोजेको र शेर बहादुर देउवासँग स्वाधीनताका विषयमा कुरा गर्ने मौका नदिएको बताएका छन् ।

प्रचण्डको अभिव्यक्ति पछि भीम रावलले दिएको प्रष्टोक्ती 

मैले प्रतिनिधि सभाको सदस्यबाट राजीनामा दिएकोमा पुष्पकमल दाहाल’प्रचण्ड’ जीले यही साउन ९ गते एउटा सार्वजनिक कार्यक्रमा आक्रोश व्यक्त गर्नुभएको रहेछ। मेरो राजीनामालाई ‘पाँच दलको गठबन्धन फुटाउने ‘खेल’ भन्ने उहाँको हास्यास्पद र मनगढन्त भनाईका सन्दर्भमा यी कुराहरूमा ध्यान दिनु उचित हुनेछ । गठबन्धन प्रतिनिधि सभाको पुनःस्थापनाको लागि भएको हो। यस क्रममा शेर बहादुर देउवाजीलाई प्रमं बनाउने सहमति हो ? देउवाजीको स्वार्थ प्रधानमन्त्री हुने, प्रचण्डजीको स्वार्थ आफ्ना पार्टीका मानिसलाई मन्त्री बनाउने, उपेन्द्र यादवजीको स्वार्थ महन्थ ठाकुरसंगको संघर्षमा जीत हासिल गर्ने र माधवकुमार नेपाल पक्षको स्वार्थ पार्टीमा स्वेच्छाचारी क्रियाकलापलाई पराजीत गर्ने रहेको थियो। कोही पनि आफ्नो पार्टी फुटाएर अरू कसैका सामु लम्पसार पर्न गठबन्धनमा सामेल भएका होइनन्। साझा स्वार्थ मिल्दासम्म सहयात्रा गर्ने कुरा मात्र हो।

प्रतिनिधि सभाको सदस्यबाट राजीनामा दिएर म ‘ढलेको’ होइन नेकपा (एमाले) लाई ढाल्ने षडयन्त्रका विरुद्ध र स्वस्थ राजनीतिक अभ्यासको पक्षमा उभिएको हुँ। एमसीसी, नागरिकता, लिम्पियाधुरा,लिपुलेक,कालापानी र अन्य राष्ट्रिय हितका विषयमा प्रम देउवासंग कुरा गर्ने अवसर नदिई राजनीतिक भविष्य नै दाउमा राखेर निर्देशन मान भन्नु कुन विधि र गठबन्धन संस्कृति होर ?

हामीले सांसद पद मात्र होइन राजनीतिक भविष्य समेत दाउमा राखेर प्रतिनिधि सभाको पुनःस्थापना र देउवाजीलाई प्रमं बनाउन योगदान पुर्यायौं। हाम्रो स्थितिमा हुनुभएको भए के प्रचण्डजी हाम्रो जस्तै त्याग गर्न तयार हुनुहुन्थ्यो ? मैले स्वस्थ राजनीति र पार्टी एकताको पक्षपोषण गर्दा त्यसलाई ‘नेताहरू बीच फाटो ल्याउने’ काम ठान्नु विग्रहकारी चिन्तन हो। पार्टी फुटाएर देश,जनता र वामपन्थी आन्दोलन कसैको भलो नहुने स्पष्ट छ।


प्रतिक्रिया दिनुहोस !