१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

कोरोनाको खतरनाक डेल्टा-३ भेरिएन्ट भेटियो, वैज्ञानिकहरु चिन्तित



काठमाडौं । कोरोना भाइरस कोभिड १९ को फेरि अर्को खतरनाक नयाँ ‘भेरिएन्ट’ भेटिएपछि वैज्ञानिक चिन्तामा परेका छन् । वैज्ञानिकले अमेरिकामा पछिल्लो हप्ता कोरोनाको डेल्टा ३ भेरिएन्ट भेटिएको बताएका छन् । वैज्ञानिकहरुका अनुसार यो नयाँ भेरिएन्ट डेल्टाको तुलनामा अत्यधिक फैलिने क्षमताको मात्र नभएर खोप लगाएका मानिसलाई पनि पुनः संक्रमण सक्ने खालको भएको पाइएको हो ।

छिमेकी मुलुक भारतमा यो भेरिएन्ट देखापरिनसकेको भए पनि जिन सिक्वेन्सिङ गरिरहेको इन्साकग कमिटीले अलर्ट जारी गरेको भारतीय सञ्चारमाध्यले जनाएका छन् । नयाँ दिल्लीस्थित आईजीआईबीका वैज्ञानिक डा। विनोद स्कारियाले भनेका छन्, ‘भाइरस उत्परिर्वतन (म्युटेसन_ भएपछि एवाई–३ भेरिएन्ट फेला परेको छ, जसलाई डेल्टा–३ पनि भनिन्छ । यस विषयमा भारतमा व्यापक निगरानी थालिएको छ।’


प्रतिक्रिया दिनुहोस !