१२ बैशाख २०८१, बुधबार
 |   Wed Apr 24 2024
Logo

देउवा हराउने योजना बनाउन कोइराला निवासमा पौडेल समूहको बैठक



काठमाडौं : नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशन तयारी र क्रियाशील सदस्यतामा देखिएका विवादबारे छलफल वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले आज बैठक बोलाएको छ। बैठक महाराजगञ्जस्थित कांग्रेस महामन्त्री शशांक कोइरालाको निवासमा मध्यान्ह १२ बजेपछि बस्दै छ । सो बैठकमा वरिष्ठ नेता पौडेल, महामन्त्री कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, पूर्वमहामन्त्री प्रकाशमान सिंह, नेताहरू रामशरण महत, अर्जुननरसिंह केसी, मिनेन्द्र रिजाललगायतलाई बोलाइएको छ। यस्तै केन्द्रीय क्रियाशील छानबिन समितिका तीन जना सदस्यलाई पनि बैठकमा बोलाइएको छ। यस्तै साउन १२ का लागि तोकेको वडा अधिवेशन स्थगित भएपछि अब कहिले अधिवेशन गर्ने भन्नेबारे रणनीति तय गर्ने बारे पनि छलफल हुनेछ ।


प्रतिक्रिया दिनुहोस !