७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

संसदीय समितिको बैठकमा माधवसहित २२ एमाले सांसदको प्रशंसा



काठमाडौं । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठक आइतवार बसेको छ । संसदीय समितिको बैठकमा नेकपा एमालेका वरिष्ट नेता माधवकुमार नेपाल पनि सहभागी हुनुभएको छ । दोश्रो पटक संसद पुनःस्थापना भएपछि पहिलोपटक बसेको समितिको बैठकमा वरिष्ठ नेता नेपाल सहभागी हुनुभएको हो ।

आइतबार संसद सचिवालयमा बसेको बैठकमा संसद जोगाउन नेता नेपालले खेलेको भूमिकाप्रति सांसदहरूले सम्मान ब्यक्त गरेका छन् । बैठकमा अघिल्लो सरकारले संसद विघटन गरेकोमा सांसदहरूले खेद ब्यक्त गरेका छन् । बैठकमा सांसद विपिन राजभण्डारीले संसद पुनःस्थापनामा नेता नेपाल सहित २२ सांसदले महत्वपूर्ण भूमिका खेलेको भन्दै प्रशंसा गर्नुभयो । उहाँले संसदको बाँकी समय विधि प्रक्रिया अनुसार अघि बढाउन आग्रह गर्नुभयो ।

यस्तै सांसद सुदन किराँतीले अघिल्लो सरकारको प्रतिगमनकारी कदमप्रति खेद प्रस्ताव पारित गर्न आग्रह गर्नुभयो । सांसद प्रकाशमान सिंहले समितिको बैठकले यसअघि गरेको निर्णय कार्यान्वयन भएको छ कि छैन हेर्न आग्रह गर्दै संसदको बाँकी समय संविधान नियम अनुसार अघि बढाउन आग्रह गर्नुभयो ।


प्रतिक्रिया दिनुहोस !