१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

वरिष्ठ उपाध्यक्षले पेलेपछि फुटबलका प्रशिक्षक अलमुताइरीले दिए राजीनामा



काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले पदबाट राजीनामा दिने बताएका छन् । उनले आफूलाई विगत तीन सातादेखि वरिष्ठ उपाध्यक्षले काम गर्ने वातावरण नदिएका कारण राजीनामा दिन लागेको बताएका छन् । अलमुताइरी नेपाल आएको लामो समय भएको छैन । उनले आफ्नो फेसबुकमार्फत आफू राजीनामा दिन एन्फा जाने बताएका छन् ।

उनले लेखेका छन्, “विगत तीन सातादेखि मलाई वरिष्ठ उपाध्यक्षले काम गर्ने कुरामा सहज वातावरण दिएका छैनन् । त्यसैले मैले राजीनामा दिने निर्णय गरेको छु ।” अलमुताइरीलाई कतार फुटबल एसोसिएसनले प्रशिक्षकको रुपमा बोलाएको हो । उनी एक वर्षका लागि नेपाल आएका हुन् । अलमुताइरी नेपाली टोलीमा प्रो–लाइसेन्सप्राप्त पहिलो प्रशिक्षक हुन् ।

 


प्रतिक्रिया दिनुहोस !