७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

माधवले ओली खेमाका सांसद रानालाई भने-तपाई बैठकबाट बाहिर निस्किनुस्



काठमाडौं : एमाले ओली समूहका सांसद नारदमुनि रानाले अहिलेको संसद र सरकार परमादेशले बनाएको भनेपछि काँग्रेस, माओवादी र माधव नेपाल पक्षका सांसद आक्रोशित बनेका छन् । आक्रोशित सांसदहरुले नारदमुनि रानालाई बाहिर निकाल्न सभापती पवित्रा निरौलालाई आग्रह गरे । एमाले वरिष्ठ नेता माधव नेपालले रानाको सो अभिव्यक्तिपछि प्रतिगमनको पक्ष लिने तपाईं बैठकबाट बाहिर जानुस् भनेर आक्रोश व्यक्त गरे ।

काँग्रेस सांसद विपिन राजभण्डारीले संसद र सरकार जनमतले बनाएको भन्दै अमर्यादित कुरा नबोल्न चेतावनी दिए । उनले मन्त्रिपरिषदमा गएर आएको सांसद समितिमा बस्न नपाउने नियम रहेको सुनाए । सांसदहरूले रानालाई बैठकबाट निकाल्न सभापति पवित्रा निरौलालाई आग्रह गरे । सभापति निरौलाले समिति कुनै राजनीतिक पार्टीको बैठकस्थल नभएकोले समितिले दिएको विषयमा केन्द्रीत हुन आग्रह गरेपनि सांसदहरू रानामाथि खनिएका छन् ।


प्रतिक्रिया दिनुहोस !