८ बैशाख २०८१, शनिबार
 |   Sat Apr 20 2024
Logo

महिलालाई काँसघारीमा लगि बलात्कार गर्ने कांग्रेसका नेता पक्राउ



काठमाडौं । एक विवाहित महिलालाई करणी गरेको आरोपमा रौतहटमा नेपाली काँग्रेसका एक स्थानीय नेता पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय रौतहटले दिएको जानकारी अनुसार पक्राउ पर्नेमा देवाही गोनाही नगरपालिकाका ५० वर्षका नागेश्वर कुश्वाहा रहेका छन् । उनीबिरुद्ध सोही स्थानकी एक महिलाले आफूलाई फकाएर काँसघारीमा लगेर जबरजस्ती करणी गरेको भन्दै उजुरी दिएकी पछि कुश्वाहालाई पक्राउ गरिएको प्रहरीको भनाइ छ । उजुरी दिने महिला विवाहित भएको प्रहरीले बताएको छ । उनीमाथि ३ दिन अघि बलात्कार भएको बताइएको छ ।

जबरजस्ती करणी सम्बन्धी मुद्दा दर्ता गरेर जिल्ला अदालत गौरबाट ५ दिनको म्याद थमाई थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । पीडित महिलाका अनुसार आरोपीत कुश्वाहाले ३ दिन अगाडी घरयासी सामान लिने भनेर गरुडा बजारतर्फ लगेका थिए । त्यसपछि सामान खरिद नगरि बजारभन्दा केही पर जंगलमा लगेर जबरजस्ती बलात्कार गरेका थिए । प्रहरीले कुश्वाहालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको बताएको छ ।


प्रतिक्रिया दिनुहोस !