१५ चैत्र २०८०, बिहीबार
 |   Thu Mar 28 2024
Logo

शिक्षा व्यापारी उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सांसद उमेश श्रेष्ठलाई स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा नियुक्त गरेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी आफूसँगै रहने गरी आइतबार श्रेष्ठलाई राज्य मन्त्री नियुक्त गरी मन्त्रालयको कार्यभार सम्हाल्ने गरी तोकेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

सत्ता गठबन्धनमा रहेका दलले मन्त्रालय भागवण्डा र मन्त्रीको संख्यामा सहमति जुटाउन नसकिरहेका बेला देउवाले आफ्नो पार्टीका सांसद श्रेष्ठलाई स्वास्थ्य मन्त्रालयमा ल्याएका हुन् । योसँगै मन्त्रिपरिषदको संख्या ६ सदस्यीय भएको छ ।

नवनियुक्त स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले आइतबार अपरान्ह ५ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा शपथ लिनेछन् ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय