८ बैशाख २०८१, शनिबार
 |   Sat Apr 20 2024
Logo

शेयर बजारमा उछाल, ३०५८.६४ अङ्कको ऐतिहासिक बिन्दुमा



काठमाडौं । सातको पहिलो दिन नै सेयर बजारमा हरियाली छाउँदा शेयर बजार परिसूचक नेप्सेले नयाँ इतिहास रचेको छ । आइतबार बजार परिसूचक नेप्से ५४.३१ अङ्कले वृद्धि हुँदा ३०५८.६४ अङ्कको ऐतिहासिक बिन्दुमा पुगेको छ ।

यसअघि जेठ ३१ मा ३०२५.८३ अङ्कसम्म पुगेको थियो । जेठ मसान्तको उक्त रेकर्ड नेप्सेले झण्डै डेढ महिनापछि तोडेको हो । बजार परिसूचक सँगै कारोबार रकम पनि बढ्दै गएको छ । आज नेप्सेमा ४ करोड ३९ लाख ३९ हजार २१२ कित्ता सेयर किनबेच हुँदा १४ अर्ब २४ करोड २४ लाख १७ हजारको कारोबार भएको छ ।

आज नेप्सेलाई बैंकिङ उपसूचकले उचालेको हो । पछिल्लो केही समययता निरन्तर बढ्दै गएको बैंकिङ उपसूचक आज पनि ३.४३ प्रतिशतले बढेर २१७४.१४ अङ्कमा पुगेको छ । आइतबार नेप्सेमा होटेल तथा पर्यटन र म्युचुअल फन्डबाहेक सबै उपसूचकमा हरियाली छाउँदा हाइड्रोपावर उपसूचक २.३९ प्रतिशत, लघुवित्त उपसूचक १.५८ प्रतिशत र  उत्पादनमुलक उपसूचक १.१४ प्रतिशतले बढेको छ ।

यता होटेल तथा पर्यटन उपसूचकमा ०.६२ प्रतिशत र म्युचअल फन्ड उपसूचक १.२९ प्रतिशतले घटेको छ । आज कारोबार रमकमा पनि बजारलाई बैंकिङ क्षेत्रले नै लिड गरेको छ । नेपाल बैंकको सवार्धिक ४९ करोड ७६ लाख ६५ हजारको कारोबार हुँदा ग्लोबल आईएमई बैंकको ४९ करोड ४४ लाख ३९ लाख, एनसीसी बैैंकक ३४ करोड ७८ लाख ९८ हजार, अरुण कावेली पावरको ३४ करोड २ लाख ६६ हजार र एनआईसी एशिया बैंकको ३३ करोड ८० लाख ४५ हजारको कारोबार भएको छ ।

आज नेप्सेमा कारोबार भएकामध्ये ९ कम्पनी मूल्य बढेर सर्किट लेभमा बन्द भएको छ । जसम्ध्ये ७ वटा जलविद्युत क्षेत्रका कम्पनाी रहेका छन् भने सर्पोट माइक्रोफाइनान्स र विशाल बजार कम्पनीको सेयर मूल्य पनि बढेर सर्किट लेभलमा बनद भएको हो ।

आज मूल्य घट्नेमा भने ऋणपत्र र म्युचुअल फन्ड रहेका छन् । ओरियन्टल होटेलको सेयरमूल्य २.८८ प्रतिशतले गिरावट हुँदा समृद्धि फाइनान्सको सेयरमूल्य १.८६ प्रतिशतले घटेकको छ ।

आज कारोबारमा आएका १८३ कम्पनीमध्ये  १३६ कम्पनीको सेयरमूल्य बढेको छ । यस्तै ४० कम्पनीको सेयरमूल्य घट्दा  ७ कम्पनीको भने स्थिर रह्यो ।


प्रतिक्रिया दिनुहोस !