१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

निर्मलाका हत्यारा पत्ता लगाउन माग गर्दै आफन्तले दिए प्रधानमन्त्रीलाई ज्ञापनपत्र



कञ्चनपुर- बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तका हत्यारा पत्ता लगाउन आफन्तले माग गरेका छन् । उनीहरुले आइतबार प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री र गृहमन्त्रीलाई छिटो भन्दा छिटो हत्यारा पत्ता लगाउन माग गरेका हुन् ।

०७५ साउन १० गते बेपत्ता भएकी निर्मला दोस्रो दिन भीमदत्त नगरपालिका–१८ को महेन्द्रनगर उल्टाखाम सडक खण्ड छेउको उखुबारीमा मृत अवस्थामा भेटिएकी थिइन्

निर्मलाका बुवा यज्ञराज र कान्छी आमा लक्ष्मीले प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेलाई ज्ञापनपत्र बुझाएका हुन् । महेन्द्रनगरको मदन चोकमा भेला भएका महिला अधिकारकर्मी र आफन्तहरु र्‍यालीसहित महेन्द्रनगर बजार परिक्रमा गर्दै जिल्ला प्रशासन कार्यालय पुगेका थिए । प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापन बुझाएर र्‍याली समापन गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस !