७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

आज पनि नेपाल समूहको स्थायी समिति बैठक, दबाबमा माधव नेपाल



काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहको स्थायी कमिटी बैठक आज पनि बस्दैछ । हिजो सुरु भएको बैठकमा आज पनि पार्टी एकताका विषयमा बैठक केन्द्रित हुने बताइएको छ । हिजोको बैठकमा बोल्ने अधिकांश स्थायी कमिटी सदस्यहरुले पार्टी एकता गरेर अघि बढ्नुपर्ने सुझाव दिएको नेता रघुजी पन्तले जानकारी दिए । बैठकमा कार्यदलले सहमति गरेको १० बुँदे प्रस्तावमा पनि छलफल भएको थियो ।

कार्यादलका संयोजकसमेत रहेका नेता भीम रावलले १० बुँदे प्रस्तावबारे जानकारी दिएका थिए । एमाले एकताका लागि दबाब दिन भन्दै हिजो केही सांसदहरूले कार्यदलका सदस्यहरूसँग छलफल पनि गरेका थिए । उनीहरुले पार्टी एकताका लागि १० बुँदे सहमति कार्यान्वयन गर्न आग्रहसमेत गरेका हुन् । पार्टीको विवाद समाधानका लागि गठित कार्यदलको १० बुँदे सहमतिपछि एमालेको बैठकले कार्यदल भंग गरिसकेको छ ।


प्रतिक्रिया दिनुहोस !