६ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 18 2024
Logo

शिक्षा माफियाको हातमा स्वास्थ्य मन्त्रालय, प्रधानमन्त्री देउवाको चौतर्फी आलोचना



काठमाडौं : नेपाली काँग्रेसका समानुपातिक सांसद तथा लिट्टल एन्जेल्स स्कूल र चितवन धुलिखेललगायत ठाउँमा होटेल सन्चालक उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्री नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले श्रेष्ठलाई हिजो स्वास्थ्य राज्यमन्त्री नियुक्त गरेपछि प्रधानमन्त्री देउवाको चौतर्फी चर्को आलोचना हुन थालेको छ । राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा संविधानको धारा ७६ को उपधारा (९) बमोजिम श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरेकी थिईन् ।

हजारौँ विद्यार्थीबाट वार्षिक करोडौँ असुल्ने श्रेष्ठलाई स्वास्थ्यमन्त्री बनाएपछि प्रधानमन्त्रीको चर्को आलोचना भईरहेको छ । कृषि, जलविद्युतलगायतका क्षेत्रमा पनि श्रेष्ठको उहाँको ठूलो लगानी रहेको बताइन्छ । मुलुक कोरोना महामारीको चपेटामा परेका बेला स्वास्थ्य क्षेत्रलाई बुझेको व्यक्तिले स्वास्थ्य मन्त्रालयको नेतृत्व गर्नुपर्ने आवाज उठिरहेका बेला प्रधानमन्त्री देउवाले व्यावसायिक पृष्ठभूमिका श्रेष्ठलाई स्वास्थ्य मन्त्री बनाएका हुन् ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय