१२ बैशाख २०८१, बुधबार
 |   Wed Apr 24 2024
Logo

श्यामकुमार घिमिरेमाथि आक्रमण गर्नेलाई कांग्रेसले गरायो सचेत



काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रहेका केन्द्रीय क्रियाशील छानबिन समितिका सदस्य श्यामकुमार घिमिरेमाथी आक्रमणमा संलग्न रहेका सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का सभापति बालकृष्ण बस्नेतलाई कांग्रेसले सचेत गराएको छ । घिमिरेमाथि साउन १ गते क्रियाशील सदस्यताको विषयलाई लिएन कुटपिट भएको थियो ।

‘केन्द्रीय अनुशासन समितिको सोमबार बसेको बैठकले सो घटनासँग सम्बन्धित सिन्धुपाल्चोक जिल्ला प्रतिनिधि सभा क्षेत्र नम्बर १ का नेपाली कांग्रेसका क्षेत्रीय सभापति श्री बालकृष्ण बस्नेतलाई सचेत गराउँदै अनुशासनको पूर्ण पालना गर्न निर्देश गरेको छ,’ कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !