पहुँचको भरमा ठेक्का लिँदै, अलपत्र पार्दै « Supremekhabar
Edition
   २ आश्विन २०७८, शनिबार
 |   Sat Sep 18 2021
Logo

पहुँचको भरमा ठेक्का लिँदै, अलपत्र पार्दै



जाजरकोट । अनेक पहुँच र विधि प्रयोग गरेर ठेक्का लिने तर काम नगर्दा जाजरकोटको विद्युतीकरणमा समस्या देखिएको छ । ठेक्का लिनेमा जनप्रतिनिधिदेखि पहुँचवाला राजनीतिक दलका व्यक्ति संलग्न हुँदा नेपाल विद्युत् प्राधिकरणलाई आफ्नो प्रगतिको लक्ष्य चुम्न मुस्किल परेको छ । प्राधिकरणले ठेकेदारलाई छिटो लाइन विस्तारदेखि पोल गाड्ने काम गर्न आग्रह गर्दा सुनेर पनि नसुनेझैँ गरी बसेको बताएको छ । जिल्लाको सातै वटा स्थानीय तहमा दुई वर्षभित्र विद्युतीकरण गर्ने लक्ष्य लिएर थालिएको काम बीचमै ठेकेदारले काम नगर्दा ठूला योजना अलपत्र परेका छन् ।

ठेक्का सम्झौता भएको छ महिनाभित्र निर्माण पूरा गर्ने भनिए पनि दुई वर्ष पूरा हुँदासम्म काम नहुँदा प्राधिकरणले ताकेता गर्दागर्दा हैरान भएको बताउँदै आएको छ । काम अलपत्र पार्ने निर्माण व्यवसायीले लिएका काम अहिलेसम्म जति भएको छ, ती सबै मापदण्डविपरीत भइरहेको पाइएको कार्यालयले जनाएको छ । सामान्य कामसमेत मापदण्डभित्र नरहेको प्राधिकरणको गुनासो छ । जाजरकोटी जनताको घरदैलोमा विद्युत् छिटोभन्दा छिटो पु¥याउने लक्ष्य निर्माण व्यवसायीका कारण दिनदिनै पछाडि धकेलिँदै गएको छ ।

पश्चिम जाजरकोटको शिवालय र जुनिचाँदे गाउँपालिकामा विद्युत् पु¥याउने उद्देश्यले आव २०७५/७६ मा खोलिएको ठेक्काको काम निर्माण व्यवसायी शान्तबहादुर बस्नेतले अहिलेसम्म नगर्दा समस्या भएको छ । मनघाटबाट सुवानाउलीसम्म पोल र तार तान्ने कामको ठेक्का उहाँले लिनुभएको थियो । ठेक्का पाएको छ महिनाभित्र काम पूरा गर्ने भनिए पनि दुई वर्षसम्म आधा काम पनि भएको छैन । विद्युत् प्राधिकरणले धरौटी जफतका लागि बैंकलाई पत्र लेखिसकेको जाजरकोट वितरण केन्द्रका प्रमुख विशाल लामिछानेले बताउनुभयो ।

बस्नेतलाई सामग्री दिँदा पनि काम नगर्दा पश्चिम जाजरकोटमा विद्युतीकरण गर्ने कार्य अलपत्र पर्दै आएको छ । सामग्री लिएको तीन महिनाभित्र काम पूरा गर्नुपर्ने व्यवस्था रहेको प्रमुख लामिछाने बताउनुभयो । लामिछानेले भन्नुभयो, “काम गर्छु भन्नुहुन्छ तर गर्नुहुन्न, छेडागाड नगरपालिकाको थलहबजारसम्म पोल गाडेको छ तर त्यसभन्दा माथि काम नगरेर बीचमै अलपत्र परेको अवस्था छ ।”

त्यस्तै जिल्ला समन्वय समितिका सदस्य तेजविक्रम शाहले ( शाहीबाबा कन्स्ट्रक्शन) लिएको ठेक्काको काम पूरा नगर्दा पूर्वी जाजरकोटका बारेकोट र कुशे गाउँपालिकामा बिजुली बाल्न नसकिएको हो । उहाँले कुशेको पाँचकाटियाबाट कुशेसम्म जाने लाइन र नलगाड नगरपालिकाको कालिमटीबाट बारेकोट जाने लाइन निर्माणको ठेक्का लिनुभएको थियो । आव २०७५/७६ मा लिएको उक्त ठेक्का सम्झौतामा छ महिनाभित्र काम पूरा गर्ने भनिएको थियो । काम गर्ने भन्दै ८०० भन्दा बढी पोलसमेत बुझिसकेका शाहले काम बीचमै छाड्दा सबै लथालिङ्ग भएको प्राधिकरणले जानकारी दिएको छ ।

शाहले लिएका पोल नलगाड नगरपालिकाको रघुनाथलगायतका ठाउँमा सडकको माटो मुनि, खोल्सा मुनि र पहिराले पुरिएको अवस्थामा रहेका छन् । पटक–पटक कामका लागि ताकेता गर्दा पनि अटेर गरेर बसेको प्रदेशसभा सदस्य गणेसप्रसाद सिंहले बताउनुभयो । पूर्वी क्षेत्रको अनुगमनमा जाँदा लथालिङ्ग अवस्थामा रहेका पोल देखाउँदै सदस्य सिंहले भननुभयो, “लाजलाई पनि लाज लागिसक्यो तर हाम्रा जनप्रतिनिधिले लिएको ठेक्कासमेत पूरा गर्नुहुन्न । काम नगर्नेले किन भए/नभएको ठेक्का लिनु ? यसरी कहाँ विकास निर्माणका काम गर्न सकिन्छ । यो त सरासर हामीलाई असफल गराउने काम भयो ।” शाहले लिएको ठेक्काको काम नहुँदा बारेकोट र कुशे गाउँपालिकामा विद्युतीकरणको काम ठप्प भएको छ । यो काम समयमा भएको भए अहिलेसम्म विद्युत् गाउँगाउँमा पुगी झिलीमिली भइसक्ने जाजरकोट वितरण केन्द्रले बताएको छ । सामग्री दिएर पनि काम नगर्दा निर्माण व्यवसायीहरूले दुःख दिएको प्राधिकरणको भनाइ छ ।

त्यस्तै प्रदेशले गरेको ठेक्काको कामसमेत प्रभावकारी नभएको पाइएको छ । त्रिपुरेश्वरी जय दुर्गे जेभीले लिएको ठेक्काको काम कतै नभएको प्राधिकरणले जनाएको छ । मटेलाबाट भे¥याए जोड्ने लाइन काफलचौरसम्म लिएर अगाडिको काम लथालिङ्ग बनाएको छ । जाजरकोट–डोल्पा सडकखण्डको कालेगाउँ–रिम्नासम्म जोड्ने लाइन विस्तारको काम अलपत्र भएको छ । कालेगाउँबाट बहुनथाना पाँचकाटिया जोड्ने कामसमेत बीचमै छाडिएको छ । यो पनि आव २०७५/७६ कै ठेक्का रहेको जाजरकोट वितरण केन्द्रले जनाएको छ । निर्माण व्यवसायीलाई काम गर्न ताकेता गर्दा पनि सम्पर्कमै नआएको बताएको छ ।

तोकिएको समयभित्र काम

नलगाड नगरपालिकाको चिसापानीबाट प्रशासकीय केन्द्र दल्लीसम्मको काम पूरा भएको छ । त्यहाँ मिटर जोड्नेबित्तिकै विद्युत् बल्ने अवस्था रहेको विद्युत् प्राविधिकरणले जनाएको छ । आव २०७५/७६ मै ठेक्का लिएको रमन कन्स्ट्रक्शनले दल्लीबाट चौखासम्मको कामसमेत अहिलेसम्म पूरा गर्नसकेको छैन । पोल गाडे पनि तार तान्ने काम नभएकाले तुरुन्तै काम गर्न ताकेता गरिएको छ । सामग्री नहुँदा रोकिएको काम सामग्री दिएलगत्तै शुरु गर्न लागेको कार्यालयले जनाएको छ । चौखाबाट तल्लुसम्म पोल दिएर गाड्ने काम शुरु भएको छ । अगाडिको काम नभई पछाडिको काम अगाडि बढ्न नसक्ने भएकाले दुवै कामसँगै भइरहेको छ । आव २०७६/७७ को नयाँ ठेक्का न्यू बिके निर्माण सेवाले लिएको हो ।

कहाँ पुग्यो सबस्टेशन निर्माणको काम

जिल्लामा निर्माण गर्ने भनिएको चारवटा सबस्टेशनको काम चलिरहेको छ । नलगाड नगरपालिकाको चौखामा ठेक्का लागेर काम शुरु गर्न लागिएको छ । दुई वर्षभित्र सक्ने भन्दै सो ठेक्का गरिएको हो ।

त्यस्तै बडावन र समाइलामा निर्माण हुन लागेको सबस्टेशनको काम अहिले अध्ययन कार्य जारी छ । अध्ययन सकिएलगत्तै चार महिनाभित्र ठेक्का खोल्ने तयारी छ । क्षेत्रीय कार्यालयले चौखामा ठेक्का गरेको र केन्द्रीय कार्यालयले वडावन र समाइलामा ठेक्का गर्नेछ । गुदुमा सबस्टेशन निर्माण पूरा भई जाजरकोट र रुकुम पश्चिमका केही भागमा बत्ती बलिरहेको छ । जिल्लामा अहिले तत्काल ११ केभी प्रसारण लाइनको विद्युत् प्रवाह भइरहेको छ । भेरी नगरपालिका, छेडागाड नगरपालिका अधिकांश ठाउँमा केन्द्रीय लाइन (११केभी) विस्तार भइसकेको छ । अन्य पालिकामा विद्युत् लाइन विस्तारका लागि गरिएका ठेक्काको काम निर्माण व्यवसायीले नगर्दा काम समयमै हुन नसकेका हुन् ।


प्रतिक्रिया दिनुहोस !


संविधान दिवसका अवसरमा राष्ट्रपतिद्वारा ८ जनालाई माफी, ५२३ जनाको कैद कट्टा



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसरमा ८ जनालाई माफी र ५२३ जनाको कैद भट्टा गरेकी छन् । पूर्णबहादुर भन्ने किशोर भण्डारीसमेतका ८ जना व्यक्तिलाई विभिन्न अदालतले सुनाएको कैद सजाय संविधान दिवसको अवसर पारेर माफी भएको राष्ट्रपति कार्यालयले जनाएको छ । हर्कबहादुर राईसमेत ५२३ जना कैदीले भुक्तान हुन बाँकी कैद कट्टा गरिएको छ । असोज ३ गते संविधानको अवसर पारेर कैद माफी र कैद कट्टाका लागि मन्त्रिपरिषद बैठकले राष्ट्रपतिसमक्ष भदौ २९ गते सिफारिस गरेको थियो । सरकारले २०७२ साल असोज ३ गते संविधान जारी भएको दिनलाई राष्ट्रिय उत्सवको रुपमा मनाउँदै आएको छ । यही अवसर पारेर कैदी बन्दीको कैद कट्टा र माफी दिन सक्ने कानुनी व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस !

एउटा प्रदेशी जिन्दगी, प्रदेशमै जान्छ प्राण अनि पखेरु !



लमजुङका यी २२ बर्षे युवाको नाम डेल्सन थापा मगर हो । अनि उनले छोई रहेको सेतो बाकसभित्र उनका बुबा गोबिन्द कुमार थापा मगरको लास छ । डेल्सन ३ बर्षको हुँदा मलेसिया गएका गोबिन्द लामो समयसम्म परिवारसँग सम्पर्कमा आएनन् ।

३ र ५ बर्षका दुई छोरा छोडेर सम्पर्कहिन बनेका उनकी श्रीमती यही पिरले बितिन् । बैदेशिक रोजगारीमा गएको शुरुवाती समय र अन्ततिर गोविन्द सम्पर्कमा त आए तर त्यसबेला उनलाई असाध्य बिमारले च्यापिसकेको थियो । उनलाई पेनाङका नेपालीको सहयोगमा नेपाल पठाउन एयरपोर्ट पुर्याईयो ।

दुर्भाग्य, एयरपोर्ट पुग्नासाथ उनी बेहोस भएर ढले । फर्काएर अस्पताल भर्ना गरियो । तर, तिनदिन पछि गोविन्दले पराई भुमीमा नै प्राण त्याग गरे । गोविन्दका कान्छा छोरा डेल्सन काठमाडौमा सामान्य रोजगारी गर्छन् । जनउद्धार केन्द्र, मलेसियाका साथीहरुले डेल्सनलाई सम्पर्क गरेर सोधे -‘लास नेपाल लाने कि यतै सद्गती गर्ने ?’

जिवनमा बाबुको अनुहार समेत नदेखेका उनले भने- ‘लामो समयसम्म सम्पर्कहिन हुनुभयो । त्यही पिरले मम्मीपनी बित्नु भो । मलाई त बाबुको अनुहारपनि याद छैन । १९ बर्षसम्म कहाँ, के गर्नुभो, के समस्या पर्यो । कसरी बिरामी पर्नु भो, केही थाहा छैन । तर जे भएपनी जन्मदिने बाबू हुन् , एकपटक अनुहार हेर्न पाए हुन्थ्यो !’

तर, लास ल्याउन सक्ने डेल्सनको आर्थिक अवस्था थिएन । उनलाई फुपुहरुले सहयोग गरिरहेका थिए । जिन्दगीमा कहिल्यै बाबुको अनुहार प्रतक्ष देख्न नपाएको छोराको एकपटक बाबुको अनुहार हेर्ने अन्तरईच्छालाई अन्तत: जनउद्धार केन्द्र मलेसिया र अन्य समाजसेवीले पूरा गरिदिनु भयो ।

परदेशमा गुमनाम रहेको एउटा नेपालीको लास अर्को नेपालीको सहयोगमा आज नेपाल आईपुग्यो । छोराले बाबुको अनुहार हेरे । दिवंगत देहले आफ्नै जन्मभुमीको माटोमा समाहित हुन पायो । यसकालागी जनउद्धार केन्द्र, केशु थापा, सुनिल श्रेष्ठ, बिरस पुन, देवेन्द्र गिरि लगायत धन्यबादको पात्र छन् । यो अभियानको निरन्तरको सारथि हुन पाउँदा हामी पनि खुसी छौँ ।

तर, परदेशमा कंक्रिटका जङ्गल, जङ्गलका गल्ली र गल्लीका कुना, भित्तामा कति गोविन्दहरु गुमनाम बाँचिरहेका हाेलान् ! देशका कुना काप्चामा कति श्रीमती र सन्तानहरु बाबु फर्कने बाटो कुर्दै बसेका होलान् ! बैदेशिक रोजगारीमा गएका तर घर परिवारबाट सम्पर्कहिन भएकाहरुको सूची मन्त्रालय, बिभाग, दुताबास वा बोर्डसँग हाेला कि नहोला !?

प्रतिक्रिया दिनुहोस !

भीम रावललगायतका नेताहरु भगौडा हुन्, युद्ध अपराधीलाई जनताले माफी गर्दैनन् : झाँक्री



सिन्धुली। नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले नेकपा एमालेमा फर्किएका नेतालाई भगौडाको संज्ञा दिएकी छन् । शनिबार सिन्धुलीमा आयोजित कार्यक्रमलाई संवोधन गर्दै उहाँले लडाइँबाट भाग्ने भगौडाहरूलाई फेरि पार्टीमा ल्याएर नेता मान्न नसकिने बताएकी हुन् । कार्यक्रमलाई संवोधन गर्दै उनले युद्धबाट भाग्नेहरुलाई फेरि मोर्चामा ल्याएर कमान्डर बनाउन नसकिने बताउँदै युद्धबाट भागेका युद्ध अपराधीलाई जनताले माफी गर्न नदिने बता्ईन् ।

झाँक्रीले संसारमा युद्ध अपराधीलाई माफी दिएको तमाम इतिहास रहेकाले यदी युद्दबाट भाग्ने भगौडाहरूले सरेन्डर गरेर हामी मोर्चामा सामेल हुन्छउँ भनेर आएको खण्डमा ढोका खुला रहने बताएका हुन् । विगतमा माधवकुमार नेपाल समूहमा रहेका नेताहरु भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्ट, भीम रावल, सुरेन्द्र पाण्डे, रघुजी पन्त र अमृतकुमार बोहरा नेकपा एमालेमै फर्किएका थिए । झाँक्रीले उनीहरुलाई युद्द अपराधी र भगौडाको संज्ञा दिँदै कमान्डर मान्न नसकिने बताईन् ।

प्रतिक्रिया दिनुहोस !

ताजा

लोकप्रिय

%d bloggers like this: