७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेटवार्ता, मन्त्रिपरिषद् विस्तारबारे छलफल



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भेटवार्ता भएको प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।

भेटवार्तामा मन्त्रिपरिषद् विस्तार र सञ्चालनका विषयमा कुराकानी भएको स्वकीय सचिव देउवाले बताए ।

गत २९ असारमा प्रधानमन्त्री नियुक्त भएका देउवा नेतृत्वको मन्त्रिपरिषदमा कांग्रेस र माओवादीबाट दुई–दुई जना गरी चार जना मात्र मन्त्रीहरु छन् । आइतबार स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठ नियुक्त भएका छन् ।

जसपाको आधिकारिकता सम्बन्धी विवाद टुंगो लागेपछि मन्त्रिपरिषद विस्तार गर्ने तयारीमा देउवा थिए । निर्वाचन आयोगले सोमबार जसपाको आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिएकाले अब मन्त्रिपरिषद विस्तार गर्ने तयारीमा देउवा छन् ।


प्रतिक्रिया दिनुहोस !