१२ बैशाख २०८१, बुधबार
 |   Wed Apr 24 2024
Logo

कांग्रेसका क्रियाशील सदस्य साढे ८ लाख



काठमाडौं । नेपाली कांग्रेस क्रियाशील सदस्यता छानबिन समितिले पार्टीलाई प्रतिवेदन बुझाएको छ । आज बुढानीलकण्ठमा बसेको कांग्रेस पदाधिकारी बैठकमा समितिले प्रतिवेदन बुझाएको हो । कांग्रेसले १४ औ महाधिवेशनका लागि देशभरबाट ८ लाख ५२ हजार ७११ सदस्यहरुलाई क्रियाशील सदस्यता प्रदान गरेको छ । जसमध्ये नयाँ ४ लाख ४३ हजार ६७८ जनाले क्रियाशील सदस्यत पाए भने पुराना ४ लाख ९ हजार ३३ जनाले नवीकरण गरेका छन् ।

१४ औं महाधिवेशनका लागि विवाद भएका जिल्लाहरुको विवाद समाधान गरी र विवाद समाधान गर्न नसकिएका जिल्लाहरुको समग्र अवस्थासहित समितिले पार्टीलाई विवरण बुझाएको छ । १३ पृष्ठ लामो प्रतिवेदनमा विवादित जिल्लाहरुको अवस्था, त्यसलाई गरिएको समाधान, विवाद समाधान हुन नसकेको जिल्लाको समग्र अवस्थाबारे उल्लेख छ ।


प्रतिक्रिया दिनुहोस !